चौधरीलाई तत्काल रिहाई गर्न माग

२०७२ फाल्गुन २१ गते, शुक्रबार

काठमाडौ, २१ फागुन । नेकपा माओवादी दाङले केहि दिन पहिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीको १८ नम्वर डिभिजन प्रमुखमाथि कालोमोसो दलीएको प्रसंगलाई लिएर प्रहरीले आफ्नो कार्यकर्ता पक्राउ गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । डिभिजन प्रमुख वेदानन्द उपाध्याय माथी माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेका थिए । उपाध्यायले भ्रष्टाचार गरेको आरोपमा कालोमोसो दलेको कुरा स्वीकार्दै माओवादीले उक्त कुरा कारवाहीको प्रक्रिया भएको र उचित रहेको समेत वताएको छ । नेकपा माओवादीका जिल्ला सेक्रेटरी सितलले प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका जिल्ला सदस्य एकराज चौधरीको रिहाईको माग समेत गरेका छन । उपाध्यायको भ्रष्टाचारजन्य गतिविधिवाट आक्रोशित किसानहरुले कारवाहीस्वरुप कालोमोसो दलेको विज्ञप्तीमा उल्लेख छ । नेपालको कर्मचारी तन्त्रमा मौलाउदै गएको भ्रष्टाचारले किसानहरु आक्रोशित हुनु र कारवाही थाल्नु स्वभाविक कुरामा भएपनि प्रहरी प्रशासनले भ्रष्टाचारविरोधि अभियानमा लाग्नेहरुलाई सहयोग नगरी वल प्रयोग गरेर पक्राउ गर्नु निन्दनिय कार्य भएको उल्लेख छ । पक्राउ परेका आफ्ना कार्यकर्ता चौधरीको विना सर्त रिहाई गर्न र रिहाई नभए कडा संघर्ष गर्न वाध्य हुने माओवादीले जनाएको छ । सितलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भ्रष्टाचार विरुद्ध गतिविधि अझ शशक्त वनाउने कुरा उल्लेख छ ।

प्रतिक्रियाहरु