नेपालका अर्बपति अधोगतितिर

२०७२ फाल्गुन २० गते, बिहीबार

काठमाडौं, २० फागुन । नेपालका एक मात्र अर्बपति उद्योगी विनोद चौधरी सम्पत्ति घट्न थालेको छ । चौधरी ग्रुपका मालिक समेत रहेका चौधरीको पछिल्लो एक वर्षमा सम्पति घटेको हो । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूची अनुसार चौधरीको सम्पतिमा सन् २०१५ को तुलनामा २०१६ मा २ मिलियन डलरले कमी आएको हो ।
सन् २०१५ को मार्चमा चौधरीको १.३ बिलियन अमेरिकी डलर सम्पति रहेको थियो । सन् २०१६ को मार्चसम्म आइपुग्दा घटेर १.१ बिलियन डलर पुगेको छ ।
सन् २०१५ मा अर्बपछिको सूचीमा १,४१५ औं स्थानमा रहेकोमा सन् २०१६ मा उनी १५७७ औं स्थानमा खस्केका छन् ।
भारतीय मूलका नेपाली व्यापारी विनोद चौधरीको चौधरी ग्रुपदेखि नबिल बैंकसम्म लगानी रहेको छ । उनले नेपाल लगायत सर्बिया, साउदी अरेबिया, भारत र बंगलादेशमा समेत लगानी गरेका छन् ।
फोब्र्सले सार्वजनिक गरेको सूचीमा फेरिपनि बिल गेट्स विश्वकै पहिलो धनी बनेका छन् ।

प्रतिक्रियाहरु