जनयुद्धको दिवसको अवसरमा शुभकामना तथा चियापान समारोह हुदै

२०७२ फाल्गुन १ गते, शनिबार

काठमाडौं, १ फागुन । २१ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादीको आयोजनामा आज बुटवलमा शुभकामना आदानप्रदान तथा चियापान समारोह साथै दिप प्रज्वलन तथा बृहत -यालीसहित जनयुद्ध दिवसको सम्झना गरिदैंछ । बुटवलस्थित होटल न्यु ईरामा विहान ८ बजे चियापान समारोह त्यस्तै दिउँसो १ बजे पार्टी कार्यालय रातो घरबाट हजारौं कार्यकर्तासहित विशाल ¥याली गरी कोणसभामा परिणत हुदैछ । जनयुद्ध दिवसको सम्झनामा २१ वटा पटका पड्काउँदै सहिदहरुप्रति सम्मान गर्दैं, दिप प्रज्वलन गरी जनयुद्ध सुरु गरेको दिनको सम्झना गरीने नेकपा माओवादी जिल्ला सेक्रेटरी शरद ओलीले जानकारी दिनुभयो ।
केन्द्रिय कार्यक्रम अनुसार काठमाडौंमा केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ भने अन्य जिल्लाहरुमा जिल्लाव्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरिएको छ । लुम्बिनी उपव्यूरो अन्तर्गतका ६ बटा जिल्लामा जिल्लास्तरीय कार्यक्रमहरुको आयोजना गरिएको र सबैले केन्द्रिय पर्चा वितरण तथा जनयुद्ध दिवससँगै सहिद सप्ताहाव्यापी कार्यक्रमहरु तय गरेको लुम्बिनी उपव्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले जानकारी दिनुभयो । २०५२ साल फाल्गुण १ गतेबाट तत्कालिन माओवादीले सुरु गरेको जनयुद्ध आज २१ बर्ष पुग्दैछ । त्यतिबेला जनयुद्ध सुरु गरेको माओवादी अहिले धेरै चिरामा विभाजित भएको छ । संसदीय व्यवस्थाको अन्त्य गर्दै जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने कार्यदिशा बोकेको माओवादी अहिले केही संसदीय राजनीतिको भासमा छन् भने केही माओवादीहरु संसदवादलाई बहिष्कार गर्दै जनविद्रोहलाई अगिंकार गर्न नसकेको अवस्थामा यथास्थितीमा छन् । त्यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीले भने एकिकृत जनक्रान्ती मार्फत नेपालमा भएको प्रतिक्रान्तीको जवाफ क्रान्तीले दिने उद्घोष गरिरहेको छ । उता एमाओवादी, नेकपा(क्रान्तीकारी) माओवादी, मणी थापा नेतृत्वको माओवादी र मातृका यादव नेतृत्वको माओवादी एकता हुने हल्ला भएपनि आधिकारी जानकारी भने नभएको सम्बन्द्ध नेताहरुले बताए । क्रान्तीकारी माओवादीका नेता सिपी गजुरेलले भने पार्टी एकता नहुने बताईरहेको छन भने उता प्रचण्ड पार्टी एकताको लागी हदैसम्म लचिलो बनेको स्रोतले बताएको छ । यता क्रान्तिकारी माओवादीका नेताद्धय पम्पा भुसाल र रामबहादुर थापा बादल भने पार्टी एकता नभएपनि एमाओवादीमा विलय हुने पक्कापक्की देखिएको छ ।
जेहोस् माओवादी धुव्रिकरण हुने कुरा राम्रो भएपनि संसदवादको विरोध गर्नेहरु संसदमा गएर विलिन हुनुले २१ वर्ष पहिले थालेको जनयुद्धको औचित्य भने पुष्टि गर्दैन । यता बुटवलमा पनि एकिकृत माओवादी, नेकपा (क्रान्तीकारी) माओवादी, मणी थापा नेतृत्वको माओवादी र मातृका नेतृत्वको माओवादीले जनयुद्ध दिवस संयुक्त रुपमा मनाउने तयारी गरेको बुझिएको छ । – शिव डुम्रे

प्रतिक्रियाहरु