नेपालको आन्तरिक मामिलामाथि भारतको ठाडो हस्तक्षेप

२०७२ माघ २९ गते, शुक्रबार

काठमाडौं, २९ माघ । नेपालको आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप गर्दै आएको भारतले नेपालको स्वाभिमानमा ठेस लाग्ने गरि नेपाली सेनालाई तेस्रो मुलुकमा खटाउने प्रस्ताव गरेको छ। हालै मात्र ब्रुनाई भ्रमणमा गएका भारतका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले ब्रुनाइमा नेपाली गोर्खा आर्मीलाई ब्रुनाईको रक्षार्थ खटाउने प्रस्ताव गरेको समाचार बाहिर आएको छ। ब्रुनाईमा गोर्खा आर्मीलाइ रक्षार्थ खटाउने प्रस्ताव अगाडी नेपालसंग कुनै सल्लाह नगरिएको खुल्न आएको छ। नेपालको अनुमति बिना गोर्खा आर्मीलाई तेस्रो मुलुकमा रक्षार्थ खटाउने भारतको यो प्रस्ताव नेपाल माथिको ठाडो हस्तक्षेप हो। नेपाली युवालाई गोर्खा आर्मीमा भर्ना गरेर तेस्रो मुलुकमा रक्षार्थ होस् या अन्य उदेश्यका लागि खटाउने प्रस्ताव गर्नु भनेको दलाली गर्नु जस्तै हो। नेपाललाई कुनै आधिकारिक जानकारी नगराई भारतले ब्रुनाइमा रक्षार्थ गोर्खा आर्मी खटाउने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव ब्रुनाईले अनुमोदन गरे गोर्खा आर्मीले रक्षार्थ ब्रुनाईमा जाने या नजाने भन्ने प्रश्न उठ्नेछ। किनकि नेपालले सिधै ब्रुनाईसंग छलफल गरेर नेपाली आर्मी त्यहाँ पठाउने हैसियत राख्दछ। परराष्ट्र मन्त्रालयका एक अधिकारिले दिएको जानकारी अनुसार भारतले नेपालको अनुमति बिना तेस्रो मुलुकमा गोर्खा आर्मीलाई खटाउन पाउदैन। तेस्रो मुलुकमा रक्षार्थ खटाउन अगाडी नेपालको अनुमति आवश्यक रहेको उनले बताए। नेपाली सेनाका एक उच्च अधिकारिले दिएको जानकारी अनुसार भारतले तेस्रो मुलुकमा गोर्खा आर्मीलाई खटाउनका लागि नेपालसंग बिशेस अनुमति लिनुपर्ने हुन्छ। नेपाल एक स्वतन्त्र राष्ट्र भएका कारण भारतले यस्तो निर्णय लिनु अगाडी नेपाललाई जानकारी गरानुपर्ने उनले बताए। ब्रुनाई र चीनबीच बिगत लामो समय देखि विवाद चल्दै आएको छ। चीनले दक्षिण चीन सागरका टापुहरूमा ब्रुनाई लगायत अन्य ४ मुलुकमा आफ्नो दाबि गर्दै आएको छ। यसैबीच चीन पनि नेपालको महत्त्वपूर्ण छिमेकी राष्ट्र हो। भारतले ब्रुनाई सामु राखेको यस्तो प्रस्तावले नेपाल र चीन बीच रहेको मित्रवत सम्बन्धमा प्रश्न उठ्न सक्ने छ। राजनीतिक विश्लेषकका अनुसार नेपालका शक्ति केन्द्र प्रयोग गरेर भारतले आफ्नो स्वार्थ पुरा गर्दै आएको छ। मधेसी मोर्चालाई हातमा लिएर नेपालको पानीमा हैकम चलाउन चाहेको भारतले गोर्खा आर्मीलाई प्रयोग गरेर चीनलाई चिढाउने काम गरेको उनको भनाइ छ।

प्रतिक्रियाहरु