आज तमु ल्होछार

२०७२ पुष १५ गते, बुधबार

काठमाडौं, १५ पुस । आज गुरुङ समुदायको महान पर्व तमु ल्होछार विभिन्न कार्यक्रम गरि मनाईंदै छ । गुरुङ समुदायको बसोबास भएका स्थानहरुमा यो पर्व मनाउने गरिन्छ । नयाँ वर्षका रुपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्दछन् । गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका रुपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रुपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होछार मनाउने परम्परा छ । ‘ल्हो’ भन्नाले ‘वर्ष’ तथा ‘छार’ भन्नाले ‘नयाँ’ भन्ने बुझिन्छ । हरेक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।
सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रुपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ ।

प्रतिक्रियाहरु