माओवादी हुम्लाद्धारा जनसरकार घोषणा

२०७२ मंसिर ७ गते, सोमबार

काठमाडौं, ७ मंसिर । नेकपा माओवादीले हुम्लामा जनसरकार गठनको घोषण गरेको बताएको छ । जिल्लामा आफ्नै प्रकारको जनसरकार गठनको सबै प्रक्रिया पुरा गरेर जिल्ला जनसरकार गठन गरेको माओवादीका जिल्ला सेक्रेटरी संकेतले जानकारी दिएका छन् । आफू अज्ञात स्थलमा रहेको बताएका सेक्रेटरी संकेतले जिल्लामा व्यप्त भ्रष्टाचार, अन्याय र अत्याचार, असमानता र स्थानीय निकायमा भएका अराजकतालाई नियन्त्रण गर्नका लागि आफ्नो पार्टीले जनसरकार घोषणा गरेको जनाएका छन् । उनका अनुसार पार्टीको निर्णय अनुसार केन्द्रिय जनसरकार घोषणा यही मंसीर ८ गते हुने समेत उनले दावी गरेका छन् ।
यसैगरी , नेकपा माओवादीले गुल्मीमा पनि जनसरकार गठन गरेको बुझिएको छ । गुल्मीको जनपरिषद प्रमुखमा गोबिन्द बिक आकाशलाई तोकिएको बुझिएको छ ।

प्रतिक्रियाहरु