पूर्वप्रधानमन्त्री थापाको दाहसंस्कार गरिदै

२०७२ बैशाख ४ गते, शुक्रबार

काठमाडौं, ४ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आज अपराह्न पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिने भएको छ । त्यसअघि बिहान मालीगाउँस्थित निवासमै र केहीबेरपछि कार्यकर्ता तथा सर्वसाधारणबाट श्रद्धान्जलीका लागि पार्थि शरीर चाबहिलस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने राप्रपाले जनाएको छ ।अपरान्ह १ बजेदेखि ३ बजेसम्म भने पार्थिव शरीर दशरथ रंगशालामा राखिने छ । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा थापाको बुधबार राति ८८ वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर विहीबार साँझ काठमाडौं ल्याइ मालिगाउँस्थित निजी निवासमा राखिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु