भारतीय हस्तक्षेपको नेपाली आयाम – ओम प्रकाश पुन

२०७१ श्रावण ३१ गते, शनिबार


नेपाल खास गरेर सन १८१६ को इस्टइण्डिया कम्पनीसंग भएको राष्ट्रघाती सुगौली सन्धिपश्चात नै अर्धऔपनिवेशिकताको शिकार भएको हो । भारतले सोहि सन्धिको जगमा टेकेर नै सन १९५० को असमान सन्धि गरी नेपालमा औपचारिकरुपबाट विस्तारबादी हस्तक्षेपलाई अगाडि बढाउदै आएको छ । ब्रिटिस उपनिबेशका बिरुद्धको भारतीय स्वतन्त्रता संग्राममा थुपै नेपालीहरुले रगत र पसिना बगाएका छन । कैयौ नेपालीहरु त्यस बेला स्तनत्रता संग्राममा लागे वाफत ब्रिटिसहरुद्वारा भारतीय जेलमा बन्दी बनाइएका छन् । तर आफु स्वतन्त्र भईसके पछि भारतले नेपाललाई र्सार्बभौमसत्ता सम्पन्न असली मित्रको रुपमा सम्मान गर्नुको सट्टा “बुढी मर्दै कुम्ली र्सर्दै” भन्ने नेपाली उख्खान जसरी उहि ब्रिटिस कालीन उपनिबेशको नितीलाई अगाडि बढाएको छ । असमान सन्धि संझौता लादेर नेपालको र्सार्बभौम चरित्रलाई नै समाप्त पार्ने उद्देश्य राखेको छ । यो जस्तो असल छिमेकी प्रतिको बिस्वास घात र गद्दारी अरु के हुन सक्छ – । साहेद यहि भएर नै होला नेपालका दलाल शासक र दलाल बर्ग बाहेक आम नेपाली जनताको भारत प्रति हर्ेर्ने दृष्टिकोण एकदम नकारात्मक छ । नेपाली राष्ट्रियताको निम्ति यो ज्यादै सकारात्मक पक्ष पनि हो ।
नेपाल प्रतिको भारतीय हस्तछेप र उसको शासकिय प्रबृतिलाई नेपालका कम्युनिस्टहरुले बिस्तारबाद भन्दै आएका छन् । कतिपय शक्तिहरुले क्षेत्रिय प्रभुत्वबाद पनि भन्ने गरेका छन् तर त्यो मत एकदमै झिनो छ । भारतीय बिस्तारबादको नेपाल रणनीतिलाई कतिपय पक्षबाट सिक्किमीकरण, भुटानीकरण वा फीजिकरण भन्ने पनि गरिएको छ । सिक्किममा भारतले आफ्ना कुटनितिज्ञ मार्फ लेन्डुप दोर्जे जस्ता दलाल खडा गरी सदन बाटै स्वाधिन राष्ट्र सिक्किमलाई सन १९७५ मा भारतमा बिलय भएको घोषणा गरायो । उखु किशानका रुपमा फिजी पुगेका भारतियहरुलाई फिजीको नागरिक बनाई फिजीमा महेन्द्र चौधरी प्रधान मन्त्री बन्ने ठाउमा पुगायो । त्यस्तै अहिले भुटानलाई सम्पर्ूण्ा रुपले आफ्नो सुरक्षा छाता भित्र राखि आफ्नो अनुमति बेगर कुनै देश संग पनि परराष्ट्र संबन्ध राख्न नपाउने ठाउमा पुगायो । दक्षिण एशियाका अन्य मुलुकहरु जस्तो कि श्रीलंका, पाकिस्तान र बंगलादेश लगाएतका देशहरुमा पनि बिस्तारबादी हर्कतहरु देखाई नै रहेको छ । यसमा पनि अहिले भारतीय बिस्तारबादको मुख्य चासो नेपाल प्रति नै छ । जति जति बेला नेपाल राजनैतिक रुपले संक्रमनकालीन अबस्थामा पुग्छ, भारतीय बिस्तारबादको नाङ्गो चलखेल पनि त्यति बेला नै बढ्ने गरेको छ । चाहे २००७ साल पछि होस, चाहे २०४६ साल वा चाहे २०६२/६३ साल पछि होस नेपालको आन्तरिक मामलामा भारतीय बिस्तारबादको हस्तक्षेप बैधानिक प्रकारले हुने गरेको छ । यस अतिरिक्त यहाँको क्रान्तिकारी आन्दोलनमा ता झन सैनिक हस्तक्षेप नै हुने गरेको छ, जस्को ज्वलन्त उदाहरण सुदुर पश्चिममा भिम दत्तले चलाएको ब्रि्रोह र पछिल्लोकालमा संचालित माओबादी जनयुद्ध नै हुन् । जसलाई दमन गर्न भारतको प्रत्यक्ष संलग्नता रहेको थियो ।
यसरी हर्ेर्ने हो भने भारतीय बिस्तारबादको नेपाली हस्तक्षेप अन्य देशको भन्दा अलि भिन्नै र मौलिक खालको छ । जसलाई निम्न तथ्यहरुमा जोडेर हर्ेन सकिन्छ ।
१. नागरिकता, हर्ेदा यो नागरीकताको सवाल सामान्य र प्राकृतिक न्यायको रिद्धान्त जस्तो लाग्छ । तर्राईमा बस्ने नागरिकले अहिले सम्म पनि नागरिकता नपाउनु राज्यले बिभेद गरेको जस्तो देखिनु स्वभाबिकै हो । तर के साँच्चिकै त्यस्तै हो त ! भन्दा त्यो पर्ूण्ा सत्य होईन । कुन नेपाली नागरिकले बंशजको आधारमा नागरिकता पाएको छैन – यो वाहियात कुरा हो । तर्राईमा मधेशीको नाममा जुन नागरिकताको मुद्दा उठाउने गरिन्छ त्यो सोझो कुरा भारतीयलाई नागरिकता दिलाउने हो । जसको परिनाम २०३६ साल देखि हाल सम्मको तथ्यांकलाई हर्ेदा ४२ लाख भारतीयले नेपाली नागरिकता प्राप्त गरिसकेका छन् । २०६३ सालमा जन्मको आधारमा नागरिकता पाउने राष्ट्रघाती नागरिकता ऐन पास भए पछि झन यो अबस्था भयाबह हुदै गएको छ । हामीले यो तथ्यलाई बिर्सिनु हुदैन कि भारतीयहरु पहिले नेपालमा ब्यापारीको रुपमा आए । त्यस पछि सम्पत्ति रक्षाको लागि नागरीकता खोजे । नागरिकता पछि उनिहरुले राजनीतिक अधिकार खोजे । जस्तो कि धेरै पटक नेपालका मन्त्री भईसकेका राजेन्द्र महतो, हृदयश त्रिपाठी र रामचन्द्र झा लगाएतका ब्यक्तिहरुको नागरिता लाई लिन सकिन्छ । यसरी जब राजनैतिक अधिकार प्राप्त गरे तब अहिले उनिहरुले सेनामा समुहगत प्रबेशको नाममा सैनिक अधिकार खोज्दै छन् । यो छुट्टै मधेश बाहिनीको माग त्यसकै उपज हो ।
२. २००७ साल पछि भारतीय शासक बर्गले सोझै नेपालको केन्द्रिय राजनीतिमा हस्तक्षेप गर्दै आएको छ । दरबार, काँग्रस र राणा सम्मिलित धोकापर्ूण्ा दिल्ली संझौता पछि सिंहदरबार र राजदरबार दुबै ठाउमा भारतको नियन्त्रण रहृयो । पंचायतमा पनि दक्षिणको शक्रि नै बलियो रहृयो । पंचायतका र्सर्ूय बहादुर थापाको उदय त्यसकै उपज थियो । पछि २०४६ को बहुदल काल हुदै यहाँ सम्म आउदा त झन भारतीय खुबिया एजेन्सि “र” को नाङ्गो चलखेलमा सरकार ढाल्ने- बनाउने, चुनाब गराउने – भत्काउने गर्दै सरकार, सेना, पुलिस, अड्डा-अदालत सबै तिर दलालहरु खडा गरी शासन सत्ताको सम्पर्ूण्ा अधिकार दिल्लीले हाफ्नो हातमा लिएको छ । काँग्रस र एमाले घोसित दलाल शक्ति भइहाले, धमेशबादी दल झन घोसित दलाल एजेन्ड नै भए र अहिले ताजा दलालको रुपमा एमाओबादी पनि प्रयोग भईरहेको छ ।यसरी भारतले यो वा त्यो प्रकारका दलालहरुलाई सत्ता र शक्तिको प्रलोभनमा पारी असमान संन्धि संझौता मार्फ देशको र्सार्बभौमिकता माथि नै खतरा पैदा गरीरहेको छ ।
३. नेपाल र भारत बिचको सिमाना १ हजार ८ सय ८० किलो मिटर पर्छ । सिमा बिद बुद्धि नारायन श्रेष्ठका अनुसार यस बिचका २३ जिल्लाको ७१ स्थानमा भारतले सिमा मिचेको छ । कालापानी, लिम्पियाधुरा, सुस्ता, टनकपुर, सन्दकपुर लगाएतका ६० हजार ६ सय ५२ हेक्टर जमिनमा औपचारिक बिबाद छ । अझ यसमा घोषित अघोषित सबै तथ्यांकलाई हर्ेर्ने हो भने यो भन्दा बढी नै नेपाली सिमा मिचिएको देखिनछ । भारतले सिमामा ४५ हजार घोषित शसस्त्र सुरक्षा फौज राखि बर्षोनी सिमा मिच्दै आएको छ तर नेपालका दलाल शासक र नोकर शाहहरु आँखा चिम्लिएर बसेका छन् । नेपाली किशानको हातमा खेतको लालपर्ूजा छ तर राता रात साँध सिमा सारेर भारतीय नागरिकले भोगचलन गरीरहेको छ । नेपाली नागरीक हातमा कर तीरेको लालपर्ूजा समाएर सुकुम्बासी बनेको छ तर दलाल सरकार काानमा तेल हालेर बसेको छ । कतिपय संझौता हुदा नेपाललाई सट्टामा दिने वा फिर्ता गर्ने भनेको जमिन पनि हाल सम्म भारतले उपलब्ध गराएको छैन तर दलाल शासकहरु मौन छन् । जस्तो कि टनकपुरको सट्टा बर्दियामा दिने भनेको वा अन्य यस्तै ठाउको । यसरी हर्ेदा के देखिन्छ भने अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग किलो मिटर हैन कि त्यसबाट घटाएर पढ्नु पर्ने अबस्थाको श्रृजना हुदै छ । यदि नेपाली जनताले समयमै आवाज उठाएनन् भने यहाँका दलालहरुले केहि बर्षपछि त्यसो गर्न पनि बेर लाउने छैनन् ।
४. भारतले सबै भन्दा बढी आँखा गाडेको क्षेत्र भनेको जलश्रोत हो । भारतीयहरुलाई थाहा छ कि अरुको किल्प छ तर पानीको बिकल्प छैन । त्यसकारण उर्जाबिकाशको बहानामा भारतले नेपालको जलश्रोत कब्जा गर्न चाहन्छ । अपर कर्ण्ााली, अरुण तेश्रो, अपर मर्स्याङढी, कोशी उच्च बाँध र पंचेश्वर लगाएमा उसको चाहना त्यहि हो । नेपालमा उर्जा संझौताको नाममा कमिशन मार्फ दलालहरुलाई खुशी पारी भारतले सन १९७२ मा तयार पारेको बृहत नदी जडान परियोजना सफल पार्ने उद्देश्य राखेको छ । भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी नेपाल भ्रमनमा आएको बेला नेकपा-माओबादी नेतृत्वको ३३ दलिय मोर्चा लगाएतको बिरोध र आफ्नै तयारीको अभाबका कारण हुन नसकेको राष्ट्रघाती जल तथा उर्जा संझौता अब निकट भबिश्यमै हुनेवाला छ ।
५. त्यति मात्रै नभएर भारतले नेपालमा हवाई, ब्यापार, धर्म-संस्कृति, श्वास्थ्य, शिक्षा र अन्य प्राकृतिक श्रोतमा पहुच जमाउन चाहन्छ । अहिले पनि नेपाली उद्योग र अर्थतन्त्रमा ७० प्रतिशत लगानी भारतीयहरुको छ । नेपालको कुनै पनि उद्योगलाई उनिहरुले स्वतन्त्ररुपले चल्न दिदैनन् । नेपाली उद्योग र बजारमा यात उनिहरुलाई एकाधिकार चाहिन्छ यात शेयर चाहिन्छ । तर्राईमा जति पनि यद्योग छन् ति अधिकांस भारतीयका छन् र उनको सबै नगद कारो बारो दिल्ली वा भारतकै अन्य शहरबाट चल्छ । भारतले नेपाल संग गरेकोे बिपा संझौता यसै लगानीलाई सुरक्षित गर्नलाई नै हो । नेपालमा संभाबित तेल, फलाम, ग्यास लगाएत अन्य खनिज पदार्थको उत्खनन्मा पनि यो वा त्यो रुपमा भारतले नै अबरोध गर्दै आएको छ । आज पतंजली योग पिठको नामबाट नेपालका करिब १५०० बहुमुल्य जडिबुटीमाथी एकाधिकार काएम गरिदै छ । धर्म-संस्कृति र भाषाको नाममा पनि भारतिय हस्तक्षेप त्रि्र पारिदै छ । नेपालको संसदमा हिन्दि भाषा बोल्न प्रेरित गरिन्छ ।भारत आफु धर्म निरपेक्ष छ तर नेपालमा हिन्दु राज्य चाहिन्छ भनि केहि हिन्दु बादीहरुलाई उचालदै हिड्छ । शिक्षाको सवालमा पनि प्रिप्राइमरी देखि कलेजस्तर सम्म हस्तक्षेप गर्दै आएको छ । श्वास्थ्ये क्षेत्रमा पनि चिन लगाएत अन्य केहि देशका डाक्टरी प्रमाण पत्रलाई अमान्य गर्न उच्काएको सबैलाई थाहै छ । आफ्नै देशको सुरक्षा ब्यबस्था ठिक पार्न नसक्ने भारतले नेपालका बिमानस्थलहरुमा सुरक्षा चेक पोष्ट राख्न खोज्नु नेपालको हवाई क्षेत्रमा नियन्त्रण गर्ने उद्देश्य राख्नु हो । त्यस्तै आर्थिक क्षेत्रमा पनि सरकार र जनता बिच अन्तर बिरोध ल्याउने प्रकारको चलखेल भारतले गरेको छ । सरकार मार्फ नभई सोझै भारतीय दुताबास मार्फ बिकाश एवं शैक्षिक बजेट बाँडि राज्यको तल्लो स्तर सम्म आफ्ना दलाला उत्पादन गर्ने खेल हुदै छ । आफ्नो देशमा आउने कुनै पनि बिदेशी सहयोग सरकारद्वारा एक द्वार प्रणाली मार्फ बितरण गर्ने भारतले नेपालमा भने जथाभाबी आर्थिक बाँडेर जनता सरकार भन्दा पनि आफु प्रति अनुग्रहित हुने बाताबरण गराउदै छ ।
उल्लेखित पक्षहरुमाथि बिचार गर्ने हो भने भारतीय बिस्तारबादको नेपाली हस्क्षेपको भिन्नै मोडेल देखा पर्छ । भारतले नेपालमा आफ्ना भरपर्दा दलालहरु तयार पार्ने । तिनै दलाल मार्फ बिभिन्न राष्ट्रघाती संन्धि संझौता र सहमति गर्ने ।आर्थिक, राजनीतिक, सामरिक तथा संस्कृतिक रुपमा आफ्नो प्रभाब फैलाउनुका साथै सैन्य सहयोगको नाटक गरी उत्पिडनलाई मजबुत पार्ने । शान्तिपर्ूण्ा रुपबाट आफ्ना उद्देश्य पूरा गराउन नसके कुनै ब्रि्रोह वा आन्दोलनको नाटक रची आफ्नो अनुकुलको कठपुतली सरकार बनाउने जस्ता सबै खाले हतकन्डाहरु भारतीय बिस्तारबादले अपनाउदै आएको छ । यसैलाई नै हाम्रो सर्न्दर्भमा भारतीय हस्तक्षेपको नेपाली आयाम भन्न सकिन्छ । तर्सथ भारतीय बिस्तारबाद द्वारा निर्देशित तथा परिचालीत दलाल एवं नोकरशाही पूजिपती बर्ग र आम जनसमुदाय बिचको अन्तरबिरोध नै अहिलेको नेपालको प्रधान अन्तर बिरोध हो भने नेपाली नयाँ जनबादी क्रान्तिको प्रहारको मुख्य निशाना पनि यिनै हुन ।
मितिः- २०७१ श्रावण २९ बिहिबार

प्रतिक्रियाहरु