जुरे पहिरो र श्रीकृष्णको मृत्यूले निम्त्याएको शोक – युवराज सफल

२०७१ श्रावण ३१ गते, शनिबार


साउन महिना नेपालीको लागि दुभाग्य र पीडाको महिना सावित भएको छ । आज नेपालीहरु शोकमा डुबेका छन् । यो महिना हाम्रो लागि अभिसाप सावित भएको छ । यसले हामीलाई कहिल्ये निको नहुने चोट दिएको छ व्यथा दिएको छ । जिन्दगीभर नविर्सने र पलपल घोचिरहने दुखिरहने घाउ दिएको छ । प्रसंग हो सिन्धुपाल्चोक माम्खा गाविसको जुरेमा गएको पहिरो र नेपाली सिने क्षेत्रका उत्कृष्ट ,सदावहार ,सक्षम ,कुशल ,चरित्रवान ,निष्ठावान नायकको रुपमा चिनिएका अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन ।
संयोग भनौँ यो के भनौँ जुरेमा गएको पहिरो पनि सिन्धुपाल्चोकमै पर्छ र अभिनेता श्रेष्ठको घर पनि सिन्धुपाल्चोक नै परेको छ । यो घटनावाट तमाम सिन्धुपाल्चोक बासी त विछिप्त भएकै छन् त्यो सँगै यो दुइटा घटनाले सिँगो देश आज रोइरहेको छ ,सिँगो जनता रोइरहेका छन् । तर पनि देशको सरकारलाई यो घटनाले छुन पर्ने जति छोएको छैन अनि घोच्न पर्ने जति घोचेका छैन र दुख्न पर्ने जति दुखेको छैन । मर्न लागेको ८४ /८७ वर्षो बुढा बा सरकारको नेतृत्व गरिरहेका छन् भने उर्जाशिल युवा अरवका खाडीमा रगत र पसिना बगाउन विवश छन् । हाम्रो देशको संसदलाई जुरे पहिरो र जुरे पहिरोवाट निम्तिएको महा विनाश र महाविपत्तिले छोएको छैन । एउटा गुण्डा नाइकेको उपमा पाएको व्यक्तिको प्रहरी इन्काउनटरमा ज्यान जाँदा संसद अवरुद्व पार्ने देखि देशै ठप्प पार्ने चेतावनी आईरहेका छ भने तर जुरे पहिरो प्रकरणमा ज्यान गुमाउने नागरिक र बेपत्ता हुने व्यक्ति र घाइते साथै घरवार विहिन भएका माम्खाबासीको भविष्यको बारेमा कसैलाई मतलब छैन । केवल सासदहरु आफूले राष्ट्रिय कोषवाट लुटेको एक दिनको रकम पहिरो पीडितलाई दिने भन्दै गाइजात्रे समयमा अर्को गाइजात्रे किस्सा सुनाई रहेका छन् । देश संचालनको साँचो र खटनपटनको डाडु पन्यू लिएर बसेका नेपाली काँग्रेस र एमालेहरुले निर्वाचन क्षेत्र विकास कोषको नाममा ५ /५ करोडको माग गर्दै नदिए संसद अवरुद्व गर्ने धम्की दिएका थिए । तर जुरे पहिरो पीडितको लागि कम्तिमा एक महिनाको तलब समेत दिन नसक्नेहरुले एक दिनको तलब दिन्छौँ भनेको घोषणा गरेको देख्दा गाइजात्रा देखाएर दर्शक दुनियाँ हसाउने ठेक्का लिएका कलाकारहरु देशका संसदहरुले गाइजात्रा देखाएर आफूहरुलाई पछि पारेको अड्कल काटी रहेका छन् । एउटा व्यक्तिको सामान्य स्वास्थ्य उपचार गर्न करोडौँ लगानी गरेको देख्दा र पहिरो पीडितहरुलाई एक दर्ुइ बोरा चामल र एक दुइ हजार पैसा मात्र दिएको घटना देख्दा मागेर जीविका चलाउने मगन्तेहरु आपसमा कानेखुसी गरिरहेका छन् र भनिरहेका छन् त्यति चामल र पैसा त हामी मगन्तेहरुले पनि दिन सक्थ्यौँ नि ।
त्यस्तै नेपाली सिने क्षेत्रमा दर्ुइ दशकभन्दा बढी व्यतित गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्युले पनि हामी नेपालीलाई पीडा दिएको छ । अत संक्षेपमा राष्ट्रिय विपत्ति जुरे पहिरो प्रकरण र अभिनेता श्रेष्ठको निधन प्रकरण बारे चर्चा गर्दा सान्दर्भिक र्ठहला कि – यी दुइ घटनावाट आज आम नेपालीको आखाँवाट आँसु बगीरहेको छ । मन दुखी रहेको छ । सबैले पीडाको अनुभूति गरेका छन् । सबै सो घटनाप्रति चुक्चुकाई रहेका छन् । समय परिस्थितिसँग रिर्साई रहेका छन् । कोही भाग्यलाई सरापी रहेका छन् ।
सत्य कुरा यो हो की जुरे पहिरो प्रकरण र अभिनेता श्रीकृष्णको निधनले साँच्चै राष्ट्रिय शोक निम्त्याएको छ । महाविपत्तिको वातावरण सिर्जना गरिदिएको छ । प्रकृति र समय कति कठोर बनेर मानवसँग प्रस्तुत हुन सक्छ भनी एउटा गतिलो दृष्टान्त समेत जुरे पहिरो प्रकरण र अभिनेता श्रेष्ठको निधनले दिएको छ । प्रकृति र समय वा कालले चाहेको खण्डमा जतिखेर जुन सुकै अबस्थामा जुन सुकै रुपमा पनि कठोर कदम चाल्न सक्छ भन्ने कुराको एउटा ज्वलन्त उदाहारण हो जुरे पहिरो र अभिनेता श्रेष्ठको मृत्यू सोही कारण आज यी दुवै घटनालाई एकसाथ समेट्ने उद्वेश्यका साथ जुरे पहिरो र अभिनेता श्रीकृष्णको मृत्यूले निम्त्याएको शोक शिर्षमा केही लेख्ने प्रयास गरिएको छ आसा छ यस लेखले पक्कै पनि जुरे पहिरो प्रकरणमा परेका पीडितको पक्षमा रहेको मन र अभिनेता श्रेष्ठको मृत्यूको शोकमा रहेका व्यक्तिहरु प्रति थप धैयधारण गर्ने शक्ति प्रदान गर्न सहयोग गर्नेछ ।
जुरे पहिरोले निम्त्याएको महाविनाश
साउनको दोस्रो हप्ता सिन्धुपाल्चोकको माम्खा गाविसमा रहेको जुरे भन्ने ठाउँमा कसैले सोच्दै नसोचेको पहिरो गयो । विभिन्न समयमा अलि अलि गरेर माटो खस्न लागेको र्सवसाधारणले बताउने गरेका थिए । रातको समयमा एक्कासी गएको पहिरोले दर्जनौँ घरलाई पुरेको छ भने सयौँ मान्छेलाई घरवार विहिन बनाएको छ । १५० भन्दा बढी व्यक्तिलाई मृत घोषणा गरिएको छ भने अझै कति हर्राई रहेका छन् । अकस्मत गएको पहिरोले त्याहाँको बासिन्दालाई आइया पनि भन्न नपाउने गरी यो संसारवाट चुँडेर लग्यो । कैयँनलाई घाइते बनायो ,कतिको सपना भत्कायो ,संसार उजाडिदियो । सबैले सबै गुमाएका छन् । कतिले आमा बाबु गुमाए ,कतिले दाजु भाई गुमाए ,कतिले दिदि बहिनी गुमाए भने कतिले छोरा छोरी गुमाए । कसैको बुढा बाबु आमा बाँचेका छन् त कमाउने जमाउने र पाल्ने सन्तान गुमाएका छन् । कतिले आफ्नो कल्कलाउदो र भर्भराउदो भविष्यको लालन पालन गर्ने सन्तानलाई छाडेर जानु परेको छ । अहिले जुरे क्षेत्र विछिप्त बनेको छ । बाँचेका नागरिकले न त प्यास लाग्दा पानी खाएर मनको प्यास मेटाउन सकेका छन् त न त पेटमा लागेका भोकै राम्ररी मेटाउन सकेका छन् । कोशीको धमिलो पानी र एक गाँस जाउलाको भरमा आफ्नो पापी पेट पालिरहेका छन् ।खुल्ला आकाश मूनि रात विताई रहेका छन् भने संक्रमित पानी खाँदा रुघाखोकी ,आउँ , हैजा लगायत अन्य रोग लाग्ने सम्भावना पनि उत्तिकै छ । प्ाहिरो गएको ठाउँमा आजको दिनसम्म यातायात ,संचार ,विद्युत लगायत कुनै पनि सुविधा पुग्न सकेको छैन ।
जुरे पीडितलाई सहयोग
महाविपत्तिको शिकार भएका जुरे पहिरो पीडितहरुलाई सरकारले उल्लेख्य मात्रामा राहात एवम् सहयोग पुर्याउन सकेको छैन । घरवार र परिवारविहिन भएकाहरु आज पीडामा जलेर बसेका छन् । एकातिर आफन्त गुमाएको पीडा छ त अर्कोतिर घरवार गुमाउन पर्दाको पीडा छ । यस्तै सम्बन्धीत निकायले राहत वितरणमा जून भूमिका खेल्न पर्ने हो त्यो भूमिका नखेलेको देख्दा पीडा छ । लाचार सरकार ५-७ हजार रुपैयाँ र २-४ बोरा चामल ,कम्वलमा झारो र्टार्न थालेको छ भने अरु राहातको कार्यक्रम दिन अघि सरेको छैन । यता केही सामाजिक संघ संस्थाहरुले सहयोगको लागि पहल गरिरहेका छन् । हेल्प नेपाल नेर्टवर्कले १६ लाख सहयोग गरेको भन्ने खबर छ भने अन्य दयालु व्यक्तित्वहरुले पनि आफ्नै ढंगमा सहयोग गरेका छन् । तर पहिरो पीडितहरुले आफूलाई राहात पुग्ने गरी सहयोग पाएका छैनन् । त्यस्तै उनीहरु आधारभूत आवश्यकतावाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा पनि पाएका छैनन् । तर निकम्मा सरकार भने कानमा तेल हालेर बसेको छ ।
पहिरो पीडितहरुको त्रासदीपर्ूण्ा कथा
पहिरो पीडित र विभिन्न सरोकारवाला हरु सँग गरिएको साझा सवाल कार्यक्रममा पहिरो पीडितहरुले आफ्ना कारुणिक तथा त्रासदीपर्ूण्ा कथा व्यथा पोखेको देख्दा जसको पनि आँसु अनायासै खस्थ्यो । कति आफ्नो परिवारको सबै गुमाएका भन्दै थिए त कोहीले के भन्दै थिए । सरकार र सम्बन्धीत निकायले समयमै उद्वार नगरेको तथा घटना पश्चात राहत वितरणमा समेत ध्यान नदिएको भन्दै सरकारप्रति उनीहरु खनिएका थिए । राहातको नाममा सरकारले झारो मात्र टारेकोमा उनीहरुको आपत्ति थियो ।
अत महाविपत्तिको रुपमा आएको पहिरोको कारण सिन्धुपाल्चोकको माम्खाको जुरेवासीहरुलाई प्रकृतिले जून पीडा दियो त्यो पीडाले आज पौने तीन करोड नेपालीको मन रोएको छ अनि त्यो पीडाले मन छोएको छ । समग्रमा त्यो घटनाले राष्ट्रिय शोक निम्त्ियाएको छ । यस घडीमा सबै नेपालीले जुरे पहिरो पीडितलाई सहयोग गर्नु पर्दछ । उनीहरुको दुखमा अलिकति साथ सहारा दिन र मानव हुनुको नाताले आफ्नो दायित्व पूरा गर्नु पर्दछ । घटना चाहे जहाँ सुकै होस् त्यसले नेपाल आमाका सन्तानहरुले नै दुख पाउने हुन । त्यस्तो घटनाले नेपाल आमालाई नै दुख्ने हो ।
अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्यूले रोएको देश
जुरे पहिरो पीडितको पीडाले मर्माहत भएको त्यसको एक हप्ता दश दिन पनि वित्न नपाउदैँ फेरि अर्को राष्ट्रिय शोकमा डुब्यो । दुइ दशकभन्दा बढी नेपाली सिनेक्षेत्रमा समर्पित गरेका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत्यू भयो । अभिनेत्री श्वेता खड्कासँग एक महिना अघिमात्र विवाह बन्धनमा बाँधिएका थिए । विवाह लगत्तै हनिमून मनाउन भारत गएको भनिएतापनि श्रीकृष्णको उपचारको लागि श्वेताले दिल्ली लगेकी थिइन । केही संचारमाध्यमहरुले श्रीकृष्णलाई स्वास्थ्यमा समस्या आएको अपुष्ट खबर प्रकाशित गरी रहेका थिए भने भारतमा उपचार भईरहेको कुरा समेत बताएका थिए । तर एक्कासी उनको मृत्यूको खबरले नेपाली सिने क्षेत्र र गैर सिने क्षेत्रका सम्पूण नेपालीहरु शोकले स्तब्ध भए ।
नेपाली सिने क्षेत्रमा इमान्दार ,स्वच्छ छवि बनाएका र अधिकांश चलचित्रहरुमा दुखित पीडितको भूमिकामा खेल्ने श्रीकृष्णले नेपाली दर्शकहरुको ज्यादै धेरै मन जितेका थिए । त्यही भएर उनी के युवा के बृद्वा सबैको मनमा बस्न सफल भएका थिए । जिन्दगीको पुरै पल विवाह नगरी बसेका उनी एकाएक नायिका श्वेता खड्कासँग नजिकिन पुगे र उनीसँग माया पीरती समेत बस्यो । आखिरमा श्वेतासँगको मायालाई विवाहमा परिणत गरेका थिए संस्ाारवाट विदा लिनु भन्दा एक महिना अघि । कहाँ भेटिएला ,ए मेरो हजुर ,हामी तीन भाई ,लगायत दर्जनौँ चर्चित चलचित्रहरुमा अभिनय गरेका श्रीकृष्ण श्रेष्ठ विशेषत उच्चकोटीको नाँच्न सक्ने कलाकारहरुमा गनिन्थे । नृत्यमा उनले जादु नै चलाउथे ।
अभिनेता श्रेष्ठको मृत्यू पश्चात उनलाई हवाई एम्बुलेन्सद्वारा नेपाल ल्याइएको थियो । जब उनलाई त्रिभूवन अन्तर्रर्ााट्रय विमानस्थलमा ल्याइयो ,सयौँ नागरिकहरु उनलाई हेन पुगेका थिए । उपस्थित समूहले श्रीकृष्ण श्रेष्ठ अमर रहून जस्ता अनेक नाराहरु लगाइ रहेका थिए । विमानस्थल देखि प्रज्ञा भवन सम्म लैजदाँ हज्जारौँको संख्यामा स्वत स्र्फूत रुपमा नागरिकहरु सडकमा उत्रिएका थिए । त्यस्तै प्रज्ञा भवनदेखि पशुपति आर्यघाटसम्मको शव यात्रामा समेत हज्जारौँले भाग लिएका थिए । आर्यघाटमा उनलाई श्रद्वाञ्जली दिनेहरुको घुइँचो थियो ।
कलाकारलाई राष्ट्रिय गहनाको उपमा दिने सरकारले यो पटक नेपाली चलचित्रका हस्ती मानिने श्रेष्ठलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गर्न भूमिका खेल्यो भने अधिकांश सरकारका उच्चपदस्थ अधिकारीहरु समेत अन्त्यष्टी कार्यक्रममा सहभागी भएका थिए । यता प्रमूख दलका शीष नेताहरु समेत सो कार्यक्रममा उपस्थित भएका थिए । श्रीकृष्णको शव यात्रा हेदा कुनै महान् राजनेताको मृत्यूको शवयात्रा झैँ लाग्दथ्यो । यसरी जनसागर उर्लिएको थियो कि मैले प्रत्यक्ष राजा वीरेन्द्रको बंशनाश पछि भएको उनको परिवारको संयूक्त शव यात्रा हेरेको थिएँ । जब श्रीकृष्णको चितामा लास राखि जलाइदैँ थियो मलाई त्यो देख्दा तत्काल्ीन राजा वीरेन्द्रकै परिवारको याद आइरह्यो । किनकि त्यो बेला राजा वीरेन्द्रको शव यात्रा र दाहसंस्कारको बेलामा पनि आम नागरिकहरु भावविवहल भएका थिए । सबैको आखाँमा आसु थियो ,मनमा असहय पीडा थियो । मन भक्कानिएको थियो । हो त्यस्तै भएको थियो ,श्रीकृष्णको अन्त्यष्टीमा पनि सबैको आँखामा आसु थियो ,मनमा पीडा थियो । आफूले आफूलाई सम्हाल्न नसक्ने अबस्थामा थिए आम नागरिकहरु । आँखै अगाडि सबैको प्यारो कृष्ण जलेर खरानी भएको दृश्य टुलु टुलु हेन बाहेक अन्य विकल्प थिएन ।
यसरी आम नेपालीले साउन महिना भित्र जुरे पहिरो प्रकरण र श्रीकृष्णको मृत्यू प्रकरणको पीडालाई भोग्न पर्यो । फेरि यी दुवै घटना सिन्धुपाल्चोक जिल्लासँग जोडिएको छ । एउटा जिल्लामा सम्बन्धीत घटनाले सिँगो देश रोइरहेको छ ,साउने झरि भन्दा बढी आसुको भेल बगेको छ ,आसुको भेल खसेको छ ।

प्रतिक्रियाहरु