चरि प्रक्ररण र नेकपा एमाले – रामशरण न्यौपाने

२०७१ श्रावण ३१ गते, शनिबार


अहिले काठमाडौंको बजारहरुमा जताततै चर्चित डन दिनेश अधिकारी चरि’को इन्काउन्टरमा मारिएको घटनाले राष्ट्रिय स्तरका मिडियाहरुले प्रमुख समाचार बनाइरहेका छन् । नेकपा एमाले धादिङ क्षेत्र नं. १ का पूवउपाध्यक्ष समेत रहेका गुण्डा नाइके चरिको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि यो विषयले केही दिनदेखि सामाजिक सञ्जालहरुमा पनि चर्चाको विषय बनेको छ । अपराधिक क्रियाकलापका चरि प्रहरिका मोस्ट वान्टेड सूचिमा रहेका थिए । पहरीले उनलाई पटक-पटक पक्राउ गरेर मुद्धा समेत चलाएको थियो । अहिले जसरी चरी इन्काउन्टरमा मारिएको दाबी प्रहरीले गरिरहेको छ । तर वास्तविकता खोतल्ने हो भने प्रहरीले चरीमाथि गोली प्रहार गरेको छ यसले फेरि एउटा तरङ्ग पैदा गरेको छ कि राज्यको महत्वपूण शक्ति प्रहरी आतंक पैदा भएको छ । चरी गलत व्यक्ति थिए समाजका, उनलाई कार्वाही हुनैपथ्र्यौ । किनकि गैरकानुनी धन्धा गर्नेहरु सबै कारवाहीको दायरामा आउनुपर्छ । यसको अर्थ यो हो कि जो बन्दुक बोकेर हिँडेका छन् उनीहरलाई प्रहरीले यसरी नै कथित इन्काउन्टरको नाममा मार्न मिल्दैन । चरी जस्ताले गर्ने ठेक्का-पट्टामा आफ्नो हिस्सा खोज्ने प्रहरी अधिकृतहरु प्नि छन् यहाँ ।
आज ठन्डा दिमागले सोच्ने हो भने चरि घटनालाई जायज नै मान्न सकिन्छ । समाजमा आवश्यक थियो तर आखिर यस्तो घट्ना घटाएर कस्तो समाजको कल्पना गर्दैछ हाम्रो राज्य – मुख्यतः यस्तो समस्या कसरी उत्पन्न भइरहेको छ भनेर त्यसलाई नबुझकिन पात्रहरुलाई अमानविय तवरले मारेर समस्याको समाधान खोजेको हो – उक्त घटनामा मृतकले लगाएको डे्रस -जिन्स पाइन्ट र फिटिंग र्सट) हर्ेदा उसले कतै बन्दुक बोकेर हिँड्न सक्ने देखिदैन । के पेस्तोल भनेको खर्ुर्पे ढ्याक हो र – उनी एक्लै मोटरसाइकलमा देखिन्छन् । तेत्रो प्रहरी जत्थालाई कसरी फायरिङ गरेर त्यहीँ बस्यो होला यो रह्स्यको विषय छ यसलाई तत्काल छानविन कमिटि बनाएर जाँदा राम्रो हुन्छ ।
अहिले नेकपा एमालेले पनि यो घटनालाई प्राथमिकताको रुपमा लिइरहेको छ । एमाले धादिङ जिल्ला कमिटिले त एकदिन जिल्ला बन्द गरिसकेको छ भने । उसका युवा संगठनहरुले टिचिङ हस्पीटलको इमरजेन्सी सेवामा गएर भौतिक सामानको क्षति पुग्नेगरी आतंक मच्चाउने काम गरेको छ । दिनेश अधिकारी चरि एउटा गुन्डाको नाइके नै हो । चरिले गुन्डा बनिसकेपछि काठमाडौं लगायत देशका ठूला-ठूला व्यापारीहरु सँग अकुत चन्दा धम्काएर उठाइरहेको थियो । उसले आफ्नो प्रेमिका खुश्वु वलीसँगको प्रेमसम्बन्धपछि उसले झनबढि आतंक मच्चाइरहेको देखिन्थ्यो ।
गएको १४ पुसमा काठमाडौंको सोह्खुटेमा धादिङ्कै राधे भण्डारी नामका ँदादा’ माथि खुकुरी प्रहार गरेर फरार भएदेखि प्रहरी ँचरी’को खोजिमा थियो । शुरुमा राधे र चरी एउटै ग्याङमा थिए । ँचरी कांग्रेस छाडेर एमालेमा लागेपछि भने राधेसँग दुस्मनी भएको थियो । २२ असार २०७० मा धादिङ्बाट काठमाडौं आउँदै गर्दा नैकापमा आफुलाई गोली हानेर घाइते बनाएको बदलामा चरिले राधेमाथि गोली प्रहार गरेका थिए । उक्त घटनामा नेकपा एमालेकै वर्तमान अध्यक्ष स्वय्मले चरिलाई चौकीबाट धरौटिमा छुटाउने काम गरेका थिए । पछिल्लो समय चरि नेकपा एमालेमा प्रवेश गरेपछि उनि केपि वलीको दाइने हात भएका थिए । गएको ४ माघमा ललितपुरको धापाखेल हाइटमा नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका ँदादा’ मीनकृष्ण महर्जन र मिलन सिलवाललाई लक्षित गरी चरिले नै गोली हानेको प्रहरीको भनाई छ । त्यो घटनापछि दिल्ली भागेका चरी त्यहाँबाट गोवाहुँदै सिंगापुर पुगेका थिए । ँत्यो बेला उपचारका लागि दिल्लीमा रहेका केपि वलिलाई ँचरि’ले अस्पतालमै भेटेर आफ्नो केस मिलाइदिन अनुरोध समेत गरेका थिए ।
चरि एमालेमा प्रवेश गरिसकेपछि उनी धादिङ् क्षेत्र नं. २ को उपाध्यक्ष भएका थिए । उनलाई अनैतिक कार्य गर्नमा एमाले धादिङका सभासदहरुले संरक्षण गरेका थिए । धादिङ क्षेत्र नं. २ का सभासद राजेन्द्र पाण्डे त चरि इन्काउन्टर कार्वाहीमा मारिएकोमा सबैभन्दा चिन्तित भएका छन् । पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरुमा आएको जानकारी अनुसार राजेन्द्र पाण्डेले चरिसँग मिलेर धादिङमा हाइड्रो पावर सञ्चालन गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष तथा वर्तमान गृहमन्त्री बामदेव गौतमले नै चरि पुलिससँगको इन्काउन्टर कार्वाहीमा परेका हुन् भनेर भनिसकेका छन् । तर एमालेकै अध्यक्ष र उनी पक्षधरता नेताहरु अहिले चरिको विषयलाई लिएर संसददेखि सडक आन्दोल न समेत गरेका छन् । एमालेकै नेताहरुको कारण चरिको सवलाई उनका परिवारले बुझ्न मानिरहेका छैनन् ।
एमाले धादिङका सभासदहरुले मंगलबारको व्यवस्थापिका संसद चल्न नदिने चेतावनी सोमबारै दिएका थिए । यही चेतावनीका कारण मंगलबार सदनमा फेरि चरिको विषयलाई लिएर हंगामा मच्चिने कुरा सबैले अनुमान गरेका थिए तर धादिङे सभासदले संसदमा चरिको च’ समेत उच्चारण गरेनन् । अहिले चरिबारे एमालेमा देखिएको मौनताले अब यो विषयमा थप राजनीतिकरण हुने सम्भावना घटेको छ । मंगलबारको संसदको बैठकमा एमाले अध्यक्षले नै चरिको विषयमा बोल्ने भएपछि धादिङे सभासद चुप बसेका थिए तर ओली केन्द्रीय समितिको बैठकमा जानुपर्ने भएपछि बोल्न पाएका छैनन । उता अर्का सभासद गुरु बर्ुलाकोटी भने व्यवस्थापिका संसद छाडी चरिको परिवारलाई साथ दिंदै जिल्ला प्रहरी कार्यालय हनुमानढोका धाइरहेका छन् ।
को-को हुन् गुन्डा संरक्षण गर्ने नेताहरुः
दिनेश अधिकारी चरी गुन्डा नाइकेलाई एमाले नेताहरुले संरक्षण गरिरहेको कुरा सत्य हो । किनकी एमाले पार्टर्ीीनेकै गुन्डाहरुको पार्टर्ीीो । यस्ता संरक्षणका मामलामा एमालेका केपि ओली, भिम रावल, वामदेव गौतम, इश्वर पोखरेल, शंकर पोखरेलहरु र कांग्रेसका खुमबहादुर खड्का, अर्जुन नरसिंह केसी, पर्ूण्ाबहादुर खड्का, रामशरण महत, प्रकाशमान सिंहहरु रहेका छन् भने मधेसी जनअधिकार फोरम नेपाल -लोकतान्त्रीक)का बिजयकुमार गज्छदारपनि गुन्डाराज गर्नेहरुमा पर्छन । चरीको मृत्युपछि कतिपय प्रहरी अधिकारीहरुले चरीलाई पक्राउ गरे नेताहरुले संरक्षण गर्ने भएकाले सिधै इन्काउन्टर गरिएको समेत बताएका छन् । नेताहरुले प्रहरी संगठन कमजोर बनाएको समेत उनले भन्न भ्याए । प्रहरी संगठनको बदनाम नेताहरुले गराएका पनि छन् तर अधिकांश नेताहरुलाई घुस दिएर बढुवा हुने प्रहरीेहरुले हो । अनि प्रहरी संगठन कमजोर बनाएको राजनीतिले होइन तिनै घुस दिएर बढुवा भएका प्रहरी अधिकृतहरुले हो ।
चरिले गरेका केहि जघन्य घटनाहरुः
विभिन्न केसमा पटक-पटक समातिएका ँचरी’ राजनीतिक शक्ति लगाएरै धरौटिमा रिहा हुन्थे । राधे भण्डारीमाथि तरबार प्रहार गरेपछि प्रहरीले चरीलाई समातेर हातहतियार तथा खरखजाना मुद्धा चलाएको थियो । त्यसमा पनि उनी धरौटिमा छुटे । त्यसअघि उनी रकम असुली र सांघातिक आक्रमणदेखि खाग तस्करीसम्मको केसमा पक्राउ पर्दै छुट्दै आएका थिए । २०६२ मा प्रकाश सिलवाललाई घाइते बनाएर पक्राउ परेका चरी हिरासतबाट भागेका थिए । त्यसपछि ठमेलको एक गोली काण्डमा पक्राउ परी ११ महिना जेल परे । वैशाख २०६४ र फागुन २०६५ मा अर्जुन श्रेष्ठ र निरञ्जन खनाललाई गोली प्रहार गरेको घटनामा समेत उनको संलग्नता थियो । २०६५ पछि उनले खाग तस्करी, अवैध रकम र हतियार केसमा पक्राउ पर्दा पनि धरौटिमा छुट्ने हैसियत बनाइसकेका थिए । राजधानिको संगठित अपराधमा काजी शर्ेपा, चक्रे मिलन, दिपक मनाङे, गणेश लामा र कुमार घैंटे बढि चर्चित भएपनि चरी र रमेश ँबाहुन’ -सुजन पौडेल) प्रहरीको र्सार्वजनिक खोजिमा थिए । यिनीहरुको आक्रामक स्वभावबाट प्रहरी हैरान थियो । भारतमा समातिएको कुरा मिडियामा लिक नभएको भए ँबाहुन’ को पनि चरी’ कै हालत हुने प्रहरीभित्रको एउटा स्रोत भन्छ । फिरौतिदेखि प्रहरीमाथि गोली प्रहारसम्मको अराधमा संलग्न बाहुन’ अहिले लागुऔषध ओसार-पसार मुद्धामा जेलमा छन् ।
चरि घटनाबारे थरिथरिका विश्लेषणः
क) महानगरिय प्रहरी परिसर काठमाडौका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीका अनुसार मोटरसाइकलमा गइरहेको चरिलाई पिछा गर्दै जाँदा महानगरिय प्रहरी अपराध महाशाखा, हनुमानढोकाका डीएसपि मीरा चौधरीको टोलीमाथि बाइकबाटै गोली प्रहार भएपछि जवाफि कार्वाहीमा ँचरि’ मारिएको कुरा तत्काल घटनास्थल पुगेका सञ्चारकर्मीहरुलाई बताएका छन् । तर उक्त भनाईलाई नेकपा एमालेका धादिङे सभासदहरुले भनेका छन् – ँबाइकमा हुँइकिएको व्यक्तिले पछाडि फर्केर गोली चलाएको र आत्मरक्षाका लागि प्रंहरीले दागेको गोली उसको छातीमा लागेको विवरण अपत्यारिलो छ । अर्कोकुरा घटनास्थलमा रगत नभेटिनु र भिडन्तमा मारिएको दावी गर्ने प्रहरी अधिकृतहरुको भनाई नै नमिल्नुले चरिलाई अन्यत्रै गोली हानेर भिमढुंगामा शव र्सार्वजनिक गरेका आरोप लगाउँदै आएका छन् ।
ख) पूव प्रहरी अतिरिक्त महानिरिक्षक -एआइजी) नवराज ढकालका अनुसार अपराध गतिविधी मौलाइरहेको समाजमा यो घटनाले दिर्घकालिन प्रभाव पार्ने बताउँछन् । यो घटनाले आम जनतामा सुरक्षाको भावना सञ्चार गराएको र आपराधिक गतिविधिमा लागेकाहरुमा नसर्ुर्धिए यस्तै नियती भोग्नुपर्छ भन्ने सन्देश दिएको पूव एआईजी ढकालको भनाइ छ ।
ग) अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग सञ्चार माध्यममा आएको घटना विवरण, चरीको शव र घटनास्थलको तस्विर-भिडियो तथा प्रहरी अधिकृतहरुको फरक भनाइले फेक इन्काउन्टर’ भएको देखाएको बताउँछन् । मृतकको छातीमा लागेको गोलीको दाग र घटनास्थलको प्रकृतिले नै त्यस्तो देखाएको उनले बताए । ँजतिपटक पक्राउ गरिएपनि सँधै राजनीतिक हस्तक्षेपबाट उम्कने भएपछि प्रहरिले ँनरहे बाँस, नबजे बाँसुरीँ सिद्धान्त अपनाएको देखियो ।’ प्रधानाङ्ग भन्छन्, ँतर समाजलाई दुःख दिएको गुन्डा नै भएपनि उसको हकमा कानुनलाई कसरी प्रयोग गरियो भन्ने प्रश्न अहम हुन्छ ।’ उस्तै परे घुँडामुनि गोली हान्न पाउने अधिकार पाएको प्रहरी यस्तो ँफेक इन्काउन्टरँ तिर लाग्यो भने भोली जसलाई पनि सिध्याउने अपराधशास्त्री प्रधानाङ्ग भन्नुहुन्छ ।
घ) वरिष्ट अधिवत्ता शम्भु थापाले प्रहरीको यो कार्वाहीले कानुनलाई मार्यो कि बचायो भनेर हर्ेर्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार मारिने गुन्डा, ँदादा’ जे भएपनि सबभन्दा पहिले ऊ आम नागरिक हो । ँकानुनले नागरिकलाई गोली हानेर मार्ने अधिकार कसैलाई दिएको छैन’, थापाले भने, ँराज्य खतरनाक भएको देखाउने यत्रो घटना हुँदापनि मानवअधिकार आयोग, नेपाल बार एसोसिएसन, पत्रकार महासंघ, र नागरिक समाज क्रियाशील नहुनु अर्को आर्श्चर्य भएको छ ।’
महान् जनयुद्धमा प्रहरीले हजारौं मानिसलाई निर्ममतापर्ूवक हत्या गर्दा कसैले विरोध गरेनन् । तर आज चरि जस्तो गुन्डा नाइकेलाई प्रहरीले मार्दा आज संसद अवरुद्ध, जिल्ला बन्द र अस्पतालमा तोडफोड हुन्छ । हिजो जनयुद्धकालमा थुपै्र निर्दोष मानिसको हत्यामा नेकपा एमालेका नेता/कार्यकर्ताहरुनै सिआइडिको भूमिका निर्वाह गरेका थिए हरेक घटनामा नेपाली कांग्रेस र एमालेका नेताहरुले हजारौं हजार निर्दोष मानिसहरुको हत्यामा संलग्न भएका थिए । उदाहरणको लागि रामेछाप जिल्लामा युद्धविराम भएको बेलामा माओवादी नेताहरु दोरम्बामा बैठक बसिरहेको अवस्थामा सिआइडिको अगुवाईमा तत्कालिन माओवादी जनसरकार प्रमुख बाबुराम लामा ँपुष्प’ लगायत धरै माओवादी नेता/कार्यकर्ताको अनाहकमा नरसंहार गरिएको घटनामा आज न राज्य पक्ष बोल्छ, न माओवादी पार्टर्ीीै त्यो घटनाको बारेमा एउटा छानविन समिति समेत बनाएको छैन । यस्ता कयौं घटनाहरुलाई राज्यले लुकाई राखेको छ । यि घटनाहरुलाई खोतल्दै जाने हो भने कोही पनि कांग्रेस-एमालेका नेताहरु बाँकी रहने छ्रैनन् । यदी राज्य बलियो छ भने यि सबै घटनाहरुको छानविन हुनर्ुपर्छ र सबैलाई कार्वाही गर्न नेपाल प्रहरी लाग्नर्ुपर्छ । आज एउटा गुन्डा नाइकेलाई मार्दा एमालेले संसदमा देखाएको रवैयालाई हर्ेदा हिजाका सबै मुद्धा ब्युँझाउनु पर्ने देखिन्छ । लोकतन्त्रमा मान्छे मार्न पाइदैन यो सबैलाई थाहा भएकै कुरा हो तर माओवादी १० वर्षो शान्तिकालमा पनि थुप्रै मानिसहरुको हत्या भएको छ । कोही तिनीहरुमाथि छानविन भएको । जनआन्दोलनपछि तर्राईको गौर हत्याकाण्ड, २०६४ सालको संविधान सभाको निर्वाचन ताक कांग्रेस नेता खुमबहादुरले तेत्रो नरसंहार गर्दा पनि अहिलेसम्म कुनै छानविन समिति बनेन । त्यसपछि पनि विभिन्न समयमा कांग्रेस-एमाले र मधेसीदलहरुबाट विभिन्न समयमा र्सवसाधारण मानिसको हत्या/अपहरण हुँदै आएको छ । खोइ तिनीहरुमा माथि छानबिन समिति बनेको । यहाँ मैले भन्ने खोजेको कुरा के हो भने सबै घटनाको छानबिन समिति बन्नर्ुपर्छ । किनकी अहिले नेकपा एमालेले चरि घटनालाई लिएर छानविन समितिको माग गरिरहेको छ ।
प्रहरी ँइन्काउन्ट’ बाट मारिएका भनिएका गुन्डा नाइके दिनेश अधिकारी चरिको प्रेमिका ख्ुश्वु ओली अहिले चर्चामा छिन् । उनले चरीको हत्या भएको भन्दै विभिन्न किसिमका दाबी गर्दै आइरहेकी छिन् । उनले चरीको हत्या भएको विभिन्न किसिमका दाबि गर्दै आएकी छिन् । ओलीले आफ्नो प्रेमीको हत्याको सुत्रधार आफू नभएर अर्पण कोइराला र प्रहरि निरिक्षक कुमुद ढुंगेल भएको आरोप लगाइरहेकि छिन् । ओलीको आरोपमा अधिकारीको हत्या फिल्मी शैलीमा भएको भन्दै अर्पण कोइराला र कुमुद ढुंगेलले पठाएको म्यासेजले समेत हत्याको पृष्ठि गर्ने समेत उनको दाबी छ । तर उनले नाम किटेको अर्पण कोइराला आखिर कहाँ छन् त – वास्तवमा डन चरिसँग नजिकिएपछि सोभन्दा पहिले उनले हत्याको आरोप लगाउने गरेका अर्पण कोइरालासँग प्रेम सम्बन्ध थिए । अर्पणका निकै नजिक रहेका एक साथीका अनुसार खुश्वु र चरिबिच अर्पणले नै भेट गराएका थिए । त्यतिबेलासम्म प्रेममा लिप्त रहेका उनिहरुमा विस्तारै दरार उत्पन्न हुँदै आयो जतिबेला खुश्वु र चरिबीच प्रेम झांगिन थाल्यो । चरीसँग सम्बन्ध रहेपछि विस्तारै अर्पण खुश्वुसँग टाढा बनेका थिए । त्यसकारण पनि यो घटनाले अधिकारी हत्यामा उनकी प्रेमीकाको मुख्य हात रहेको कुरा विभिन्न सञ्चार माध्यमहरुमा आइरहेको छ ।

प्रतिक्रियाहरु