मोदी भ्रमण हात्ती आयो हात्ती आयो फुस्सा – युवराज सफल

२०७१ श्रावण २३ गते, शुक्रबार


विश्वका चौथो शक्तिशाली व्यक्तित्वको रुपमा गनिने भनिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमण पुरा गरी मनभरि आश्वासन लिएर स्वदेश फर्किएका छन् । खास गरी मोदी भ्रमणले ठूलै हलचल मच्चिनेमा केही क्षेत्रीय शक्ति ,केही अतिवादी शक्ति दृढ थिए । उनीहरु भारतीय प्रधानमन्त्री मोदीले आफूहरुको लागि एउटा संसार नै दिने दिवा सपनामा चुर्लुम्म डुवेका थिए । भारतभक्त शक्तिले मोदीको भ्रमणको सर्न्दर्भमा महादशैँ झैँ मनाएका थिए । सधैँ फोहोरमा डुबेको राजधानीलाई बेहुली झैँ सिँगार्ने काम गरियो । सडकमा हिँड्ने र्सवसाधरणलाई सडकमा समेत हिँड्न दिइएन् । त्यस्तै यातायात ठप्प पारी यात्रुहरुलाई सास्ती दिने काम गरियो । २ दिनसम्म शैक्षिक संस्थाहरु बन्द गरियो । मोदी भ्रमणको बेलामा भारतभक्तहरुको भुइँमा खुट्टा थिएन । मोदीलाई भगवान मानेर पुजा गर्नेहरुको पनि कमि थिएन । तर पनि तिनीहरुले मोदीवाट केही पाएनन् । अतः मोदी भ्रमण सकिएपछि भ्रमण कस्तो भयो भन्ने कुराको रुपमा भन्दा पनि सारमा विश्लेषण गर्दा उपर्युक्त हुन्छ । यतिखेर नेपाली जनताले मोदी भ्रमणलाई हात्ती आयो हात्ती आयो फुस्सको रुपमा लिएका छन् । यसै सर्न्दर्भमा केही चर्चा परिचर्चा गर्दा सान्दर्भिक होला ।
मोदीको आगमन र सरकारको सम्मान
भ्रमणको सबै तयारी पुरा भएको र मोदीलाई कुनै पनि शक्तिको सुरक्षा खतरा नरहेको भारतीय खुफिया शक्तिको रिर्पोटिङ पछि भारतीय प्रधानमन्त्री आफ्नो दल बलका साथ निर्धारित समयमै नेपालको त्रिभुवन अन्तर्रराट्रय विमान स्थलमा आई पुगे । त्यहाँ सधैँ विरामी भनिने र उपचार गर्राई औषधी मात्र खाई रहन पर्ने काँग्रेसका दोस्रो पुस्ताका नेता भनिने प्रधानमन्त्री शुशिल कोइराला करिव २ घण्टादेखि भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा बसिरहेका थिए । जब मोदी दलबलका साथ विमानस्थल झरे तब कहिल्ये कसैको मुख नदेखेका भारतभक्तहरुको त्यहाँ मोदीलाई कसरी रिझाउने र मोदीको समिपमा कसरी चिनिने भन्ने कुरामा निकै ठुलो प्रतिस्पर्धा चल्यो । यसै क्रममा मोदीलाई दिइने सलामीको बेलामा पहिला भारतीय राष्ट्रिय गान बजाइयो भने पछि मात्र नेपाली राष्ट्रिय गान बजाइएको थियो । सम्मान ग्रहण गर्ने बेलामा भारतीय प्रधानमन्त्री मोदीले हात माथि उठाएका थिए भने हाम्रा विरामी प्रधानमन्त्री भने चुपचाप बसेका थिए उनले त्यहाँ हात उठाउन आवश्यक ठानेनन् । जब मोदीलाई फूलको गुच्छा दिने समय आयो तब शुशिल कोइराला गुच्छा मोदीलाई नदिई आफ्नै हातमा बोकी रहेका थिए भने उता शुशिलका सवारी मन्त्री मिनेन्द्र रिजालभने शुशिललाई कोटमा समाई समाई तान्दै थिए । मानौँ उनी कुनै मन्त्री नभएर शिष्टाचार महापाल थिए ,उनको व्यहोरा हर्ेदा यस्तै लाग्दथ्यो ।
मोदीको सडक यात्रा र पीडा
हवाईजहाजवाट विमानस्थल उत्रिएपछि मोदीलाई सिधैँ बौद्वस्थित होटल हायतमा बस्ने व्यवस्था मिलाईएको थियो । एयरपोर्टवाट गौशला ,चावहिल हुँदै बौद्व जाने सडक रुट थियो । सडक सुनसान थियो । सडकमा पैदल यात्रु्हरुलाई समेत तथानाम गाली गर्दै सुरक्षा कर्मीहरु कर्राई रहेका थिए । भने गाडीहरुलाई पनि जहाँ भेट्यो त्यहाँ रोकिरहेका थिए । र्सवसाधरणहरु आफ्नो गन्तव्यमा पुग्न नपाउदा मोदी आएका हामीलाई किन पीडा दिएको भन्ने गुनासो गरिरहेका थिए । मुसोलाई सम्म प्रतिवन्ध गरिएको सुरक्षित सडक अनि २ बटा सेनाको हेलिकप्टरले गरेको हवाई गस्ती पछि मोदी सिधैँ हायात होटल पुगेका थिए भने हायात होटलमा आराम गरेपछि उनी प्रधानमन्त्री शुशिल कोइरालालाई भेट्न सिंहदरवार जाने कार्यक्रम तय भएको थियो । त्यसपछि सुनसान सडकमा दर्जनौँ बढी सवारी साधन ,नेपाली भारतीय सुरक्षाकर्मीको लावालस्करको वीचमा मोदी नेपाली सडकमा गाडीसँगै हुँइकिए । सडक पेटीमा र्सवसाधरणको भीड जम्मा भएको थियो ।मोदी गाडी भित्रवाट हात हल्लाउथेँ ।मानौँ उनी भारतविरोधी गतिविधि सकेसम्म निस्तेज होस् आफू र आफ्नो सरकार प्रति नेपालमा भएका कुनै शक्तिले पनि नराम्रो नसोचुन भन्ने उनको धारणा थियो र उनी अनेक रणनीति अपनाई रहेका थिए । सिंहदरवार ,नयाँ बानेश्वर संविधान सभा भवन र पशुपति मन्दिर परिसरमा गाडीबाट उत्रेर उनी र्सवसाधरण सँग हात मिलाउदैँ त कतै नमस्कार ,अभिवादन गर्दै हिँड्न थालेका थिए । दुइ दिन नेपालमा विताएका मोदी जब गाडीमा जढेर यताउता हिंडन खोज्थे तब गाडीहरु ठाँउको ठाँउ रोकिएका हुन्थे । यसवाट र्सवसाधरणलाई ठूलो समस्या परेको थियो ।
मोदीको भाषण र हाम्रो नेताको ताली
सिंहदरवारमा प्रधानमन्त्रीलाई भेटेर फर्केका मोदीले आएकै दिन संसदलाई संवोधन गर्ने कार्यक्रम थियो । अहिलेसम्म चल्दै नचलेको प्रचलनलाई विस्थापित गर्दै रातारात मोदीलाई सम्बोधन गर्न दिने खालको व्यवस्था गरिएको थियो । यसै क्रममा मोदी संविधान सभाभित्र प्रवेश गरे । मोदीलाई जब सम्बोधन गर्न बोलाईयो तब उनले ५ मिनेटभन्दा नेपालीमा बोलेर एक हिसावले नेपालीको मन जित्ने कोसिस गरे । मोदीको भाषण नेपालीमा आएपछि आफूलाई नेपाली हु भनेर पनि हिन्दीमा सपथ खानेहरुको भने अकैैबस्था सिर्जना भएको थियो । मोदी संसदमा बोल्दै थिए ,मोदी जति जति बोल्दै थिए त्यति त्यति नेपाली नेता तथा संविधान सभाको सदस्यहरु अन्धाधुन्ध ताली बजाई रहेका थिए । मोदीको भाषणको मर्म बुझेर या त्यसको र्समर्थनमा भन्दा पनि एकहोरो हावा तालमा हाँस्दै टेवल ठोकी रहेका थिए हाम्रा सभासद्हरु । मानौँ मोदी कुनै जोक्कर हुन र उनी हाँस्य महाजात्रामा कुनै हाँस्य प्रहशन पस्किरहेका छन् र हाम्रा नेताहरु प्रहशन हेन भेला भएका रमितेहरु हुन् ,मोदीको भाषण र सभासद् तथा शीष भनिने नेताको व्यवहार हेदा त्यही कुरा प्रतीत हुन्थ्यो ।
मोदीले बोलेका हरेक कुराको मर्मलाई बुझन छाडेर हाम्रा नेताहरु खाली उरण्ठेउलो पाराले ताली बजाई रहेका थिए र हाँसी रहेका थिए । भाषण गर्ने क्रममा मोदीले रसिक पारामा पानी र जवानीको उदाहारण समेत पेश गरेका थिए भने बुद्व भारतमा जन्मिएको भन्ने भनाईलाई चिर्दै बुद्व नेपालमै जन्मिएको भन्ने सत्यलाई आत्मसाथ गरे । त्यस्तै नेपालीको विजुली किनेर लाने हो त्यतिकै लाने हैन भने । अझ एकीकृत माओवादी र त्यस पार्टी नेतालाई इंगित गर्दै शस्त्रवाट माओवादीले शास्त्रको बाटो लिएको बताए । अझ नेपाल र भारतवीच भएको असमान सन्धी सम्झौताको पुनरावलोकन गर्छुुमेत भन्न भ्याए । त्यस्तै नेपालको विकास गर्न यी यी कुराहरु चाहिन्छ भने । तर नेपालमा बसेर नेपालको विकासको खाका कोर्न नसेकेका नेताहरु मोदीको भाषणमा मन्त्रमुग्ध बनेका थिए ।
जति समय सम्म मोदीले संसदमा बोलेका थिए त्यतिनै समय सम्म हाम्रा नेता तथा सभासद्हरुले ताली बजाई रहेका थिए । सिन्धुपाल्चोकमा गएको पहिरो पीडितहरु प्रति उनीहरुको ध्यान गएको थिएन । मरेका र बाँचेका पत्तो नलागेका दर्जनौँ नागरिकहरुको खोजी गर्ने तथा उनीहरुको परिवारलाई राहात दिने कुरालाई सरकारले विर्सेे थियो ।
अचम्म लाग्दो कुरा त यही थियो कि आफूलाई बडे वडे नेता सम्झने भाषण र बोलीमा दम छ ,मै जान्ने हु भन्ने नेताहरु मोदीको भाषण सुनेर ताली ठोक्न मस्त थिए । मोदीले त्यति सारो तालि बजाउन लायक के नै भनेका थिए र उनले नेपाललाई एक हदसम्म अध्ययन गरेका थिए । नेपाली भएर पनि नेपाल नचिनेका र नेपाली भएर पनि देश विकास कसरी हुन्छ भन्ने कुरालाई ख्याल नगरेका नेपाली नेताहरुलाई देश विकास यसरी हुन्छ भनेर मोदीले सवक सिकाउनु नेपाली नेतालाई खुइल्याउनु हो तर हाम्रा नेताहरुले नबुझेका हुन या आफ्नै खुल्याईको खुसीयालीमा ताली बजाएर आफूहरुले नेपाल नचिनेको कुरालाई प्रमाणित गरेका हुन् । नेपाल र भारतवीच कसरी नयाँ ढंगले सम्बन्ध राख्ने आदि विषयमा मोदीले भाषण गर्नु त ठिकै थियो तर नेपालको विकास यसरी हुन्छ भनेर नेपाली नेतालाई सबक सिकाउनु नेपाली राजनीति र नेताहरुको बेइजती हो । अब मोदीको यस्तो भाषणमा जोड जोडले ताली बजाएर हँस्यौली गर्नु कहाँसम्मको राम्रो कुरा हो । अब मोदीको भाषण राम्रो लागेको हो भने मोदी गएको यति दिन वित्दा पनि खै देश विकास गर्ने एउटा कुरामा पनि नेताहरुको विचार अभिव्यक्त भएको छैन । सुनकोशीको पहिरो पीडितलाई उचित राहत दिन सकिएको छैन । तर एउटा डन मारिदा छानविन गर्न पर्छ भनेर भन्दै छन् एमालेका सभासद् र पार्टीध्यक्ष अब मोदीले सिकाएका कुरा यही होलान् । विभिन्न आन्तरिक किचलोमा हाम्रा नेताहरु अल्भिmरहेको देख्दा हाम्रा नेताहरुले हावा दारीमा मोदीको भाषण सुनेर ताली बजाएका रहेछन् भन्ने कुराको पुष्टी भएको छ ।
मोदी भ्रमण र मोदीका कोशेली
भारतीय प्रधानमन्त्री मोदी नेपाल आएर के के न उपहार दिने अझ चमत्कार नै गर्ने कुरामा एकथरि भारतभक्तहरु आसावादी थिए तर मोदीले आयोडिन युक्त नुन र केही अर्व सहुलियत ऋण बाहेक अरु दिन सकेनन् । न त हाम्रा नेताहरुले केही माग्ने आँट नै गरेको देखियो । भ्रमणको बेलामा मोदीले नेपाल भारतको सिमा समस्यालाई पनि समाधान गर्छुुन्न भ्याए भने असमान सन्धी सम्झौतामा पनि पूनविचार गर्छुुने । तर मोदीवाट विभिन्न कोशेली पाउन लालयित भएकाहरु भने मोदीले सोचे जस्तो कोशेली नदिँदा निराश भएका छन् ।
मधेशवादीहरु क्षेत्रीय दलहरु निराश
विशेषत भारतीय कँग्रेस आईको सरकार हुदा उताबाट राम्रै लगानी भित्र्याई तत्कालीन मनमोहन सरकारको तर्राईलाई नेपालवाट टुक्र्याउने अझ एक मधेश एक प्रदेशको नारा लगाउने नीतिलाई मोदीले चासो नदिँदा तर्राई तथा मधेश केन्द्रीत दलहरुको सात्तो उडेको छ । खासमा उनीहरुले मोदीवाट कम्तीमा एक मधेश एक प्रदेशको पक्षमा लविङ हुने र त्यो लविङवाट राष्ट्रिय राजनीतिमा बार्गेनिङ गर्न सकिने उनीहरुको दाउ थियो तर मोदीवाट त्यो कुरा नहुदा अझ मोदीले मधेश नभनी तर्राई भन्नु ,सुरुमै हिन्दीमा नभई नेपालीमा भाषण गर्नु ,हिमाल ,पहाड र तर्राई मिलाएर संघीय ढाँचामा जानु भन्ने भनाई राखेपछि मधेश केन्द्रीत क्षेत्रीय दलहरुलाई मोदीको भ्रमण हात्ती आयो ,हात्ती आयो फुस्स सावित भएको छ ।
राप्रपा नेपाल ठन्डाराम
जब नरेन्द्र मोदी प्रधानमन्त्रीमा चुनिने हल्ला चल्यो ,या प्रधानमन्त्री बन्दा र नेपाल भ्रमणको प्रसंग हुँदा राप्रपा नेपाल जति खुसी अरु कोही भएको थिएन ,सोही बेलामा मोदीसँग भेटेको फोटोहरु र्सार्वजनिक गरी आफूजति नजिक मोदीसँग कोही नरहेको संकत सामाजिक संजालवाट दिइरहेका थिए । विशेषत सो पार्टी अध्यक्ष कमल थापा कट्टर हिन्दुवादी नेता नरेन्द्र मोदीवाट हिन्दु राज्यको पक्षमा दवाव आउने र नेपाल हिन्दुराज्यको साथमा फेरि राजतन्त्रतात्मक देशका रुपमा नेपाललाई लैजान सकिन्छ भन्नेमा उनी ढुक्क थिए । तर मोदीले न त हिन्दु राज्य नै हुन पर्छ भन्ो न त राजतन्त्र नै चाहिन्छ भने । यसवाट राप्रपा नेपाल ठन्डाराम भएको छ । अपेक्षा गरे बमोजिम मोदीवाट त्यस्तो अभिव्यक्ति नआएपछि कमल थापाहरु भित्र कति रोएका होलान् । यस्तो हँँदा राप्रपा नेपाललाई पनि मोदीको भ्रमण हात्ती आयो ,हात्ती आयो फुस्स सावित भएको छ ।
नेपाली नेताहरुको दोधारेपन
नेपालका राजनीतिक नेताहरु समक्ष नरेन्द्र मोदीले असमान सन्धी सम्झौतामा के के नराम्रा छन् ल्याउनुस् भन्दा कुनै राजनीतिक पार्टी नेताहरुले भन्न सकेनन् । अरु त अरु आफूलाई खुब राष्ट्रवादी पार्टीएको दावी गर्ने र बेला बखत असमान सन्धी सम्झौता खारेज गर भन्दै कुनै जमानामा सुरुङ युद्वको समेत घोषणा गरेको एमाओवादीले समेत केही कुरा राख्न आवश्यक ठानेन् । यसवाट के देखिन्छ भने नेपाली राजनीतिक पार्टी नारा र भाषणमा मात्र चर्का राष्ट्रवादी कुरा गर्दा रहेछन् भन्ने कुरा प्रमाणित भएको छ । समग्रमा हर्ेदा मोदी भ्रमणले जतिसुकै चर्चा पाएपनि नेपाली नागरिक र नेपालको लागि त्यो भ्रमण हात्ती आयो ,हात्ती आयो फुस्सको रुपमा नै टुंगिएको छ । – अध्यक्ष ,नेपाल गणतान्त्रिक जनता पार्टी

प्रतिक्रियाहरु