संविधानसभा डनहरुको संरक्षण गर्ने थलो होइन – दिपक जलन

२०७१ श्रावण २३ गते, शुक्रबार


यो एकसाता भित्र नेपालमा ४ ओटा घटनाक्रमहरुले सञ्चारमाध्यममा महत्वपुर्ण स्थान पाएका छन् । १।गत शनिवार सिन्धुपाल्चोकको जुरेमा पहिरो खसेर सुनकोसी नदि थुनिदा १५६ जनाको ज्यान गयो २। भारतीय प्रधानमन्त्री नरेन्द्र भाइ मोदीको १८ गतेदेखि १९ गतेसम्म नेपाल भ्रमण ३। रोल्पामा एक किशोरीको सामुहिक बलत्कार र ४। चर्चित डन भनिने दिनेश अधिकारी चरिको प्रहरी इनकाउन्टरमा परि मारिएको घटना । यी चारओटा घटनाक्रम यो साता सञ्चारमाध्यमहरुमा प्राथमिकताका साथ प्रकाशन,प्रशारण भयो ।
देश संविधानसभा मार्फत संविधान निर्माणको निर्णायक घडीमा छ । जनता आफुले निर्वाचित गरि पठाएका सभासदहरुबाट शान्त, समृद्ध र सु-शासनयुक्त नेपालको कल्पना सहित नयाँ संबिधानको पर्खाइमा रहेका छन् । करिव एकसाताको विचमा ९१७ गतेदेखि २२ गतेसम्म० व्यवस्थापिका संसदको बैठक ४ पटक बस्यो । व्यवस्थापिका संसदको यस बिचको बैठकमा सिन्धुपाल्चोकका बाढी पहिरो पिडित जनताको समस्या राज्य सञ्चालकसम्म पुर्याउने सांसदको समेत कार्यभार बोकेका सभासदहरुको पहिलो दायित्व हुने नै भयो । तर त्यस सम्बन्धमा सभासदहरुले संसदमा प्रर्याप्त आवाज उठाउन सकेनन् र एदाकदा भनियो भारतीय प्रधानमन्त्री नरेन्द्र भाई मोदीको कारणले सिन्धुपाल्चोकका जनताको आवाज छाँया पर्यो ।
घटना घटेको एकसाता बितिसक्दा समेत त्यस क्षेत्रका जनता एक छाक मात्र खाएर दिन काट्न बाध्य भएका छन् । तै पनि सभासदहरु पनि घटनाको पुरै निकारण भएजस्तो गरि चुपचाप बसिरहेका छन् । यहि बिच रोल्पामा एक युवती सामुहिक बलत्कारमा परिन् तर त्यस घटनालाई संसदमा दरिलो आवाज उठ्न कसैले आँट गरेनन् । बलत्कारीलाई कारवाही नगरे संसद चल्न नदिने भनेर कुनै पार्टीका सभासदहरुले धम्की दिन सकेनन् । यहि २१ गते प्रहरीको इनकाउन्टरमा मारिएका चर्चित डन भनिने दिनेश अधिकारी चरीका सम्बन्धमा भने संसदमा अहिले हंगामा नै मच्चीएको छ । रोल्पाकी ती पिडित युवती न्यायका लागि भौतरी रहेकी छिन् तर राज्य सञ्चालन र जनताको अधिकार स्थापित गर्नका लागि भन्दै संविधान निर्माणका लागि निर्वाचित भएर नीति निर्माण तहमा पुगेका सभासदहरु त्यस सम्बन्धमा मुख खोल्न चाहदैनन् जति दिनेश अधिकारी चरीको पक्षमा आवाज उठाएका छन् । जनतालार्ई सुरक्षाको प्रत्याभूती दिलाउन राज्यलाई खवरदारी गरिरहनु पर्ने सांसदहरु त्यसमा करबल मात्र बोलिरहेका छन् ।
तर यत्तिनै बेला चर्चित डन दिनेश अधिकारी चरी मारिएको घटनालाई लिएर माननीय सभासद ज्यूहरु संविधान सभामा खैलाबैला मच्चाउन थालेका छन् । माननिय ज्युहरु आखिर किन कहिले सम्म हो यस्तो रु जनताको भन्दा डन नै भएपनि आफ्ना कार्यकर्ताको लागि मात्र लड्ने रु आफ्ना कार्यकर्ताको लागि मात्र लड्ने माननिय ज्युहरुबाट सबै जनताका लागि संविधान बन्ला भनेर कसले पत्याउने हो अब रु जहाँ संविधान सभामै खुलमखुला गुण्डागर्दी गर्नेको वकालत गरिन्छ । माननिय ज्यूहरुबाट भनिएजस्तै चरी सुनियोजित रुपममा मारिएकै रहेछन् भने पनि त उसले गरेका अपराधको ढाकछोप त गर्न मिल्दैन होला नि त रु
१०० बर्ष पछि सम्मका लागि पनि राज्य सञ्चालनको नीतिनियम बनाउन तयार रहनु भएका माननीय ज्यूहरुले नै सामुहिक बलत्कारबाट पिडित युवतीको पक्षमा भन्दा गुण्डागर्दीका नाइकेहरुको पक्षमा संविधानसभामा आवाज बुलन्द पार्नुहुन्छ सोझा-साझा नेपाली जनताले तपाइहरुबाट अब कस्तो संविधानको अपेक्षा गर्ने रु तपाईले ल्याउने संविधानले फेरी तिनै डनहरुको संरक्षण हुदैन भनेर जनताले कसरी पत्याउने रु तपाईहरुले भन्नु भएजस्तै जस्तै अधिकारीको गैह्रन्यायिक हत्या नै हो भने पनि त्यसको छानविन गर्न समिति गठन गर्नुलाई तपाईहरुकै सरकार छ रु तपाईहरुकै गृहमन्त्री छ रु अनि फेरि किन युवती बलत्कारको मुद्दालाई छायाँ पार्ने पारेर, सिन्धुपाल्चोकका जनताको आवाजलाई निमिट्यान्न पारेर संसदमा चरि चरि भनेर कुर्लनु पर्यो रु तपाईहरु अपराधिक कृयाकलापमा संलग्न व्यक्तिको पछाडी दौडि रहदा तपाईहरुलाई जनताले बिश्वास गर्लान त रु तपाईहरुले कहिल्यै सोच्नु भो समाजमा बढ्दो अपराध र गुण्डागर्दी नियन्त्रण गर्नुपर्छ भनेर रु तपाईहरु किन मौन बस्नुहुन्छ सयौ सोझा-साझा जनता यिनै डन भनिएकाहरुवाट रातदिन प्रताडित भइरहेका छन् भन्ने बारेमा रु तपाईहरुले कहिल्यै उठाउनु भएको छ यहि संसदमा समाजमा बढ्दो गुण्डा आतंक नियन्त्रण गर्नुपर्छ भनेर रु जनताले बिधिको शासन चाहेका छन् । सधै गलत मान्छेलाई प्रयोग गरेर माथी पुग्न खोज्ने तपाईहरुलाई जनताले एकदिन के भन्लान् कहिल्यै समिक्षा गर्नुभएको छ रु यहाँका चर्चित भनिएका डनहरुसंग प्राय ठुलादलका ठुला नेतासंग नै नाम जोडिएको हुन्छ अनि किन सक्नु हुन्न अझै पनि तपाईहरु खुलमखुल्ला तिनीहरुसंग आफ्नो कुनै सम्बन्ध छैन भनेर भन्न रु
देशका चर्चित डनहरुको संरक्षण गर्ने नेताहरु नै हो भन्ने जनताले बुझिसकेका छन् । जसलाई भर्याङ बनाएर तपाईहरु चढि रहनु भएको छ । संविधान सभामै बसेर खुलमखुला डनहरुको पक्षमा वकालत गर्ने तपाईहरुले अव ती डनहरुले गरेका सबै काम जिम्मा तपाईहरुले लिनेकी नलिने रु एक जना अपराधीको पक्षमा संसदमा चर्को आवाज उठाउने तपाईहरु बलत्कारबाट पिडित धादिङकी एकल महिलालाई बलात्कृत भएपछि समाजले नै बहिस्कार गरेर घरमा भएको मृत शव समेत कसैले उठाउन नदिदा किन बोल्नु भएन रु
बलत्कारबाट पिडित महिलालाई स्कुलबाटै अपहेलित बनाएर जागिर निस्कासन गर्दा किन उसलाई पुर्नस्थापित गर्न सक्नु भएन रु किन उठाउनु सक्नु भएन यस्ता गभ्भीर अपराधका मुद्दा संसदमा रु के ती महिला चाहि धादिङका ९नेपाली नागरिक थिइनन् । आखिर किन कारबाही गर्न राज्यलाई दवाव दिनु सक्नुहुन्न ती २४ बर्षिया सन्दिप भनिने संन्जिब सिंखडालाई रु हो यहाँ यस्तै अथाहा प्रश्नहरु छन् रत तपाईहरुबाट जनताले न्याय पाउलान् भन्ने आश गर्ने ठाँउ छैन् । तपाईहरुले भन्नु भएजस्तै चरि सुनियोजित ढङ्ग मारिएका रहेछन भने त्यसको उचित छानविन हुनुपर्छ । सायद त्यसमा कसैको दुइमत छैन होला तै पनि तपाईहरुको आवाज चरीका लागि मात्र होइन सवै जनताको न्यायका लागि हुनुपर्छ उसले गरेका अपराधीक क्रियाकलापको छानविन हुनुपर्छ र पिडितहरुलाई न्याय दिनुपर्छ । नियोजित ढङ्गबाट चरिको हत्या भएको हो भने संलग्नलाई कारवाही गरिनु पर्छ । तर संविधानसभा डनहरुको संरक्षण गर्ने थलो होइन र हुनु हुदैन पनि । देशको संमग्र नेतृत्व गर्नेहरुले सधै व्यक्ति बिशेष भएर मात्र न्याय खोज्ने हो भने न्याय नपाए गोर्खा जानु भन्ने भनाई फेरिदिए नै बेश ।

प्रतिक्रियाहरु