भारतीय प्रधानमन्त्री मोदी साउन तेस्रो साता नेपाल आउने

२०७१ असार १ गते, आईतवार


काठमाडौ, १ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउन तेस्रो साता नेपाल आउने भएका छन् ।नेपालसँगको सम्बन्ध विस्तार र वृहत् छलफलका लागि मोदी अगस्ट पहिलो साता (साउन तेस्रो साता) काठमाडौं आउने तय भएको दी टेलिग्राफले जनाएको छ । भूटानबाट विदेश भ्रमण सुरु गर्ने तयारी गरेका मोदीको नेपाल तेस्रो विदेश भ्रमण हुनेछ । नेपालअघि उनी जापान जानेछन् ।
मोदीको भ्रमण टोलीमा विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव सुजथा सिंहसहित केही मन्त्री हुने सम्भावना रहेको समाचारमा उल्लेख छ ।मोदीको सपथमा गएका नेपाली समकक्षी सुशील कोइरालाले भ्रमण निम्तो दिएका थिए । भेटमा मोदीले नेपालसँग निकट सम्बन्ध राख्न चाहेको बताएका थिए ।

प्रतिक्रियाहरु