नेपाली कामदार बिना शुल्क इजारायल जान पाउने

२०७१ जेष्ठ १९ गते, सोमबार


काठमाडौं । वैधानिक माध्यमबाट इजरायल जाँदा नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्ने भएको छ ।इजरायल सरकारले म्यानपावर एजेन्सीबाट कामदार लिन बन्द गरी सरकारमार्फत नि:शुल्क लिने प्रक्रिया अघि बढाएको हो ।
नेपालका लागि इजरायली राजदूत हानन गोडरले विगतमा अनियमितता भई कामदारसँग ठूलो रकम असुल्ने गरेको भेटिएकाले रोकिए पनि अब सरकारमार्फत लिने बताएको छ । ‘नेपाली कामदार लिने प्रक्रिया अगाडि बढाइसकेका छौं,’ गोडरले भने, ‘अब इजरायल जाने कामदारले पैसा तिर्नु पर्दैन ।’
कामदार लिँदा नेपाली म्यानपावर एजेन्सीलाई सहभागी नगराइने गोडरको भनाइ छ । ‘हामी सबै काम सरकारी तहबाटै पूरा गछौं, यसबाट कामदारको शुन्य लागत सम्भव छ,’ उनले थपे ‘भिसा दूतावासले दिन्छ, त्यसमा पनि शुल्क लाग्दैन ।’उनका अनुसार यसबारे अध्ययन गर्न छिट्टै इजरायलबाट टोली नेपाल आउँदैछ । अध्ययनपछि आवश्यक सतर्कता अपनाई कामदार लैजाने प्रक्रिया सुरु हुने उनले बताए।

प्रतिक्रियाहरु