आज माओवादीको पत्रकार सम्मेलन

२०७० पुष १ गते, सोमबार

काठमाडौं,१ पुष – गतआइतबारदेखि ललितपुरको कुपण्डोलमा बसेको नेकपा-माओवादी एक साता लामो केन्द्रीय समितिको बैठकको निर्णय सार्बजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने बताइएको छ ।केन्द्रीय समितिको बैठकले एकीकृत माओवादीसँग एकताको कुनै सम्भावना नभएको भन्दै बरु क्रान्तिकारी नेता कार्यकर्तालाई भित्राउन जोड गर्ने निर्णय गरेको बताइएको छ ।माओवादीले ४ चरणको कार्यक्रम तय गर्दै पुसदेखि फागुनसम्म पार्टीका विभिन्न तहका भेला, सम्मेलन र बैचारिक प्रशिक्षण लगायतका कार्यक्रम गर्ने, चैतदेखि जेठसम्म जनजीविका र जनतन्त्रसंग सम्बन्धित संघर्षका कार्यक्रम गर्ने, असारदेखि असोजसम्म जनवर्गीय संगठनका विभिन्न तहका भेला र सम्मेलन गर्ने तथा असोजपछि संविधान जारी हुनसक्ने भएकाले त्यसै अनुसार संघर्षका कार्यक्रम तय गर्ने निर्णय गरेको बताइएको छ ।
माओवादीले बैठकको निर्णय औपचारिक रुपमा सार्बजनिक गर्न आज १ बजे कुपण्डोलको नेवा राज्य कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु