माओवादीको बैठक आजपनि

२०७० मंसिर २८ गते, शुक्रबार

काठमाडौं,२८ मंसिर- आइतबारदेखि ललितपुरको कुपण्डोलमा बसिरहेको नेकपा-माओवादी केन्द्रीय समितिको बैठक आजपनि बस्दैछ । हिजोसम्म अधिकांस केन्द्रीय सदस्यले बोल्ने काम सकेपनि अझै केहि केन्द्रिय सदस्य र सल्लाहाकारहरुले बोल्ने क्रम बाकि रहेको बताइएको छ । बाँकी केन्द्रीय सदस्यले बोलेपछि अध्यक्ष मोहन वैद्य किरणको जवाफसहित बैठक सकिने माओवादीले जनाएको छ । जारी बैठक अध्यक्ष वैद्यको प्रतिवेदनलाई परिमार्जनसहित पारित भएपछि पार्टी नयाँ कार्यदिशा सहित अन्यदलसँग पनि छलफल अघि बढाउने माओवादीले जनाएको छ ।
अहिलेसम्म धारणा राख्ने अधिकाशं सदस्यहरुले दस्तावेजमाथि समर्थन गर्दै यसलाई समृद्ध बनाउन सुझाव दिएका छन् । पार्टीले लिएको बहिस्कार एजेण्डाहरु निर्वाचनपश्चात अझ पुष्टि भएको भन्दै पार्टीको राजनीतिक विजय भएको निष्कर्षमा पुगेको केन्द्रिय सदस्यहरुको धारणा छ । हिजोको बैठकमा अध्यक्षको दस्तावेजलाई समर्थन गर्दै पोलिटव्यूरो सदस्य प्रकाण्ड , सुमन लगायतका केन्द्रिय सदस्यले आफ्नो धारणा प्रस्तुत गरेका थिए । बैठक आज पनि बिहान ११ बजेवाट बस्नेछ ।

प्रतिक्रियाहरु