बदामले उमेर बढाउने

२०७० मंसिर १० गते, सोमबार


काठमाडौं ।एक अनुसन्धानका अनुसार नियमित रुपमा बदाम खानाले मानिसको उमेर बढ्छ । न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार बदाम खानाले त्यस्तो व्यक्तिलाई फाइदा पुग्छ जसले दिनदिनै चबाएर खान्छ । यद्यपी व्रिटिश हार्ट फाउन्डेशनका अनुसार बदाम तथा लामो उमेरबीचको सम्बन्ध सावित गर्नका लागि धेरै अनुसन्धान आवस्यक छ । अमेरिकी टिमले यस अनुसन्धानमा एक लाख २० हजार मानिसलाई ३० वर्षसम्म अनुसन्धानमा सामेल गरेको थियो ।दैनिक एक मुठ्ठी बदाम सेवन गर्नाले मृत्युदरमा २० प्रतिशत कमी देखिएको अध्ययनले देखाएको छ । डाना–फेबर क्यान्सर इंस्टीट्युट तथा ब्रीगम एण्ड वीमन्स हस्पिटलका मुख्य शोधकर्ता डा.चाल्र्स फक्सले ‘बदाम खानाले हृदयरोगबाट हुने मृत्युमा २८ प्रतिशत कमी हुने बताए । यसका अलवा क्यान्सरबाट हुने मृत्युमा ११ प्रतिशत कमी हुनेछ ।बदामको सेवन स्वास्थय जीवनशैलीसँग जोडिएर देखाइएको छ । बदामको सेवन कोलेस्ट्रोल तथा सुजन कम गर्नका लागि फाइदाजनक छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु