चुनाव नेपालको कि भारतको ? – दीपेन्द्र रावल

२०७० मंसिर ३ गते, सोमबार


लामो र ठूलो विवादका बीचमा सरकार र चार राजनीतिक पार्टीले जबरजस्ती रुपमा गर्दैछन् । यो संविधानसभा किन र केको लागि भन्ने विषयमा विभिन्न प्रश्न सडकदेखी आगनसम्म र सहरदेखी गाउँसम्म उठिरहेको छ । एउटा राजनीतिक शक्तिले यो चुनाव विदेशीको इसारामा र उनीहरुकै चाहनामा हुँदैछ । यो चुनावले नेपाललाई सिक्किमिकरण गर्ने उद्देश्लेले गर्न लागिएको भन्ने आरोप जतिजति चुनावको समय नजिक आउँदैछ त्यतित्यति सरकारका अधिकारीका अभिव्यक्ति, हरकत र विदेशीको चाँसोले झन् उक्त आरोप घनिभूत हुँदैछ ।
केही दिन पहिला नेपाली संचार माध्यममा भारतिय गुप्तचर संस्था ‘रअ’ का प्रमुख आलोक जोशीले एउटा स्टार होटलमा डेरा जमाएको र बाँकी जनशक्ति आउँदै भनेर समाचार छापेका थिए । चुनावको परिणाम उनै आलोश जोशीको हातमा रहेको ठोकुवा समेत केही विश्लेषकहरु गर्दै आएका छन् । त्यसो भएकाले नेपाली राजनीतिक पार्टीका नेताहरु दिउँसो चुनावी कार्यक्रममा गएपनि राती भएपछि उनै जोशीको कक्षमा पुग्थे । अहिले पनि त्यो क्रमजारी नै छ । उनले चुनावी परिणामलाई अंक गाणितको हिसाब पनि गरिहेका छन् ।
सबै पक्षको सहभागीतामा गरौं भन्ने जनताको एउटा तप्कालाई दमन गर्न सबै सहयोग गर्ने जबरजस्ती भएपनि आफ्नो देशको चुनावभन्दा पहिला नै गर्न सरकार र चार पार्टीलाई उक्सायो । त्यही उक्साहटमा लागेर सरकार र चार पार्टीका शिर्ष नेताहरु सहमति गर्न भन्दापनि जसरी पनि चुनाव गर्नतिर लागे ।
सबै पक्षको सहभागीता र संविधान बन्ने ग्यारेण्टी गरेर निर्वाचन गरौं भन्ने पार्टीहरु सहमति र संवादको लागि दबाव दिन सडकमा आए । उक्त पक्षको सहभागीबिना हुने चुनावले खासै अर्थ नराख्ने, संविधान पनि नबन्ने र बनेपनि त्यही दिन जल्ने कुरा थाहा हुँदाहुँदै पनि संवादको माध्यमलाई छोडेर सरकर ज्ञानेन्द्र शासनको झल्को आउँने गरी शान्तिपूर्ण सभा सम्मेलन, भर्ना जस्ता शान्तिपूर्ण कार्यक्रममा गर्न पनि रोक लगाए । राजनीतिक नबुझेका कर्मचारी मन्त्रीले चुनावको विरोध गर्न आउने लाई सडकमा आउनै नदिने र आएमा जहाँ पायो त्यहरी कार्वाही गर्न निर्देशन दिदै हिड्न थाले । शान्तिपूर्ण आन्दोलनलाई असफल बनाउने भन्दै राज्यको ठूलो ढुकुटीको दुरुपयोग गदै जबरजस्ती सवारी साधन चलाउन लगाए । त्यसक्रममा केही दुःखद घटना पनि घटे ।
चुनाव विरोधी विचार वा मतलाई दबाउन सबै सहयोग गर्ने भनेको भारतले पहिलो चरणमा हतियार, दोस्रो चरणमा सवारी साधन वा अन्य सामाग्री र अन्तमा दुईवटा हेलिकप्टर पठाएको छ । भारतले २ वटा साना हेलिकप्टर उपलब्ध गराएको छ । आइतवार काठमाडौंमा ल्याइपुर्याएका हेलिकप्टर ४५ दिनको लागि भनेर दिने भएको छ । किन चाहियो नेपालको चुनावमो भारतीय हेलिकप्टर ? हिस्दुस्तान एरोनोटिक लिमिटेडमा निर्मति ती हेलिकप्टरसँगै १५ जनाको टोली पनि काठमाडौंमा आइपुगको छ । हतियार, सवारी साधन र अहिले हेलिकप्टर किन दिइरहेको छ ? यो प्रश्न गम्भीर छ । काठमाडौंमा रहेका अन्तराष्टिय मामिलाका जानकारहरुले यो चुनावले राष्टियतामाथि प्रश्न चिन्ह खडा गरेको दाबी गर्छन् । किन भारतलाई यति चाँसो र चिन्ता ? नेपाल सार्वभौम मूलुक हो कि होइन भन्ने प्रश्न पनि फेरी एक पटक खडा भएको छ । जे भएपनि अब चुनाव हुनेनै भयो तर चुनाव नेपालको लागि होकि भारतको लागि परिणाम हेर्न केही हेर्नेपर्ने भयो ।

प्रतिक्रियाहरु