दशैं–तिहारमा पनि मानवअधिकार आयोग खुल्ने

२०७० आश्विन २३ गते, बुधबार

काठमाडौं, २३ असोज । मानवअधिकार हनन एवं ज्यादतीका घटना अनुगमनका लागि दशैं–तिहारको सार्वजनिक विदामा पनि बिहान ११ देखि दिउँसो २ बजेसम्म मानवअधिकार आयोगको कार्यालय खुल्ने बताइएको छ ।आयोगले एक विज्ञप्ती जारी गर्दै दशैं र तिहारको सार्वजनिक विदामा पनि आयोगका केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरु खुल्ला रहने जनाएको हो । यस समयमा पनि नियमित दिनहरुमा जस्तै मानवअधिकार हननबारे उजुरी दर्ता हुने र अनुगमन तथा कारबाहीको सिफारिस गरिने आयोगले बताएको छ ।यस्तैगरी सर्वोच्च अदाल र निर्वाचन आयोगले पनि दशैं–तिहारको सार्वजनिक विदाका दिनमा पन कार्य जारी राख्ने बताइसकेको छ । निर्वाचनका दिन नजिकिँदै गर्दा तयारीका दिन कम भएकोले निर्वाचन आयोगले विदाका समयमा पनि कार्यालय खोली कार्य चल्ने जनाएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु