प्रमुख नेताहरु दलाल हुन , दौडिरहेका लाहुरे हुन्ः यादव

२०७० आश्विन ५ गते, शनिबार

काठमाण्डौं, ५ असोज – नेकपा (माओवादी) का संयोजक मात्रिका यादवले नेपालका प्रमुख नेताहरु दलाल हुन दौडिरहेका लाहुरे भएको बताएका छन् । सो क्रममा नेपाल भुुटानीकरण भन्दा अघि बढेको तर उनीहरुको मालिकले फिजीकरण र सिक्किमीकरण भने कहिल्यै नगर्ने भएकाले मात्र नेपाल बचेको दावी गरे । राजधानीको संवाद डबलीमा नेकपा -माओवादी) ले आयोजना गरेको ‘नेपालको राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । बसीखाने र गरि खाने वर्गबीचको संर्घष्ामा कम्युनिष्ट नेताहरुले धोका दिएको र भारतीय शासक वर्गको इशारामा चलेका कारणले नेपाली जनताले दुःख खेप्न परिरहेको बताए । उनले भने, ‘यहाँ जे नहुनु पर्ने हो त्यो भई रहेको छ ।’ उनको तर्क छ, ‘यसैले हाम्रो निशाना दलालहरुतिर केन्द्रित हुन थालेको छ ।’ उनले राष्ट्रियता दलाल नेता र राजाहरुमा होइन, जनतामा पाइने बताए । उनले वैद्य माओवादीको पनि आलोचना गरे । उनको विचारमा राजावादीसँग सहकार्य गर्ने भन्नु र हामीले पनि चुनाव चाहेका छौ भन्नु सही विचार होइन । संयोजक यादवले अहिले पनि सशस्त्र जनआन्दोलनको आवशयकता भएकोमा जोड दिए ।
नेेकपा एकीकृतका महासचिव परि थापाले संविधान निर्माण गर्ने कार्यमा एक दिन पनि काम नगर्ने प्रमुख नेताहरुले देशमा समस्या ल्याएको जानकारी दिए । ‘यिनकै कारण हामलिे पनि आलोचित हुन परेको छ’ उनले भने । शान्ति प्रक्रिया नटुगिएको दावी गर्दै नेता थापाले सेना समायोजन प्रक्रिया अपमानजनक भएकैले प्रचण्डले धेरै प्रहरी र सेनाको बीचमा हिड्न परिरहेको समेत उल्लेख गरे । उनले अहिलेको अवस्थामा अग्रगामी शक्तिको एकता र संर्घष्ाले संभावना अनुसार निरास हुने बेला नभएको पनि बताए ।
युवा जनसुरक्षा बलका संयोजक गोकुल दाहालले चार दल दलाल भएकैले देशमा संकट आएको र त्यसको निकास चुनावी आतंकले नभई राष्ट्रिय सहमतिले हुने बताए । चुनाव राज्यद्धारा थोपरिएको युद्ध भएकाले त्यसको प्रतिकार गर्न आफुहरु तयार भएको पनि उनले बताए ।
नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा. केवी रोकायाले निर्धारित समयमा संविधान निर्माण नगरी चार वर्षबिताएका सभाषदहरुले आफुहरले के गरी दिन बिताएका थिए भन्ने उत्तर जनताका सामु भन्नु पर्ने बताए । उनले भने, ‘यसैका कारण संवैधानिक संकट आएको छ ।’ अहिले सबै दल बराबर हुने बताउदै उनले प्रश्न गरे, ‘यस्तो बेला कसरी चार दल ठुला हुन पुगे -‘
नेपालमा सिद्धान्तको राजनीति नभएकाले समस्या थपिएको दावी गर्दै उनले लचकताको नाममा ३३ दलको मोर्चाको आनदोलनको पनि आलोचना गरे । उनको तर्क थियो, ‘यसले त नेपाली जनता निरास बनाउने काम भएको छ ।’
प्रा.डा. सुरेन्द्र केसीले चार दलभित्रकै केही प्रभावशाली नेताहरुले पनि वैद्य माओवादीलाई चुनावमा सहभागी नगरी चुनाव गर्न खोज्नुको अर्थ गम्भिर भएको बताए । जनयुद्धको मुल्य खोज्ने बेला आएको बताउँदै उनले भने, ‘परिणाम नदिने संविधानसभाको लागि सेना र खरबौ रकम खर्च गर्नु देश सिध्याउने खेल हुन् ।’
थारु म्ुक्ति मोर्चाका अध्यक्ष डा. ललन चौधरीले चार दलले जे चाहन्छ त्यही हुने हो भने अब देशभरका जनताले चाहेको काम गर्न आँट्ने बेला आएको बताए । सोको लागि आन्दोलन एक मात्र विकल्प भएको दावी गर्दै उनले भने, ‘यो चुनाव हाम्रो लागि युद्ध हो ।’
संघीय लिम्बुवान परिषदका महासचिव खगेन्द्र माखिमले मंसिर ४ गते सेना लगाएर जसरी पनि चुनाव गरिए त्यही मितिबाट दोस्रो जनयुद्ध शुरु हुने बताए । उनले हिजोको जनयुद्धमा कम्युनिष्ट पार्टर्ीीात्र थियो, अब पहिचान पक्षधर पनि सामेल हुने बताए । उनको विचारमा चुनाव काठमाडौको रत्नपार्कमा संभव भएपनि नेपालका सबै गाउमा संभव नहुने पनि ठोकुवा गरे ।
क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीी केन्द्रिय सचिवालय सदस्य रक्तिमले ‘मैले भनेपछि चुनाव हुन्छ भन्नेहरुले हामीले भनेपछि चुनाव हुँदैन’ भनेर पनि बुझ्न पर्ने दावी गरे । उनले चार दल बाहेकको गोलमेच सम्मेलन गरी वैकल्पिक केन्द्रिय सरकार बनाई यहाँको सेना, प्रहरी र प्रशासन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
आदिवासी जनजाति पार्टर्ीी अध्यक्ष तामाङ बुद्धराज स्याङतानले देशमा संकट ल्याउने प्रमुख राजनीतिक पार्टर्ीी भएको दावी गरे । उनले हिजो श्री ३ र ५ को विरोध गरेझै आज श्री ४ को विरोध गर्न परेको बताए ।
माओवादी नेता सुजनको सभापतित्व र एसवी थापाको संचालनमा भउको कार्यक्रममा पत्रकार प्रकाश रोकायाले जनयुद्ध भन्दा ठुलो जनयुद्धको आँधी ल्याउने बेला आएको र त्यसका लागि नेतृत्वमा सबभन्दा पहिले रपानतरण आवशयक भएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु