वार्ता बिथोल्ने प्रचण्ड प्रपञ्च – राजेन्द्र चिमौरिया

२०७० श्रावण २७ गते, आईतवार

चार राजनीतिक दलले नेकपा-माओवादीलगायतका दलहरूलाई देशको वर्तमान राजनीतिक संकट समाधानार्थ बिनाशर्त वार्तामा बोलाएको छ । पहिलो एक चरणको वार्ता सकिएको पनि छ । देशको वर्तमान राजनीतिक संकटबाट निकास पाउन गर्नुपर्ने कार्यको फेहरिस्त नेकपा-माओवादीलगायतको ३३ दलीय मोर्चाले लिखितरूपमै चार दलीय संयन्त्रसमक्ष पेस गरेको छ भने अन्य राजनीतिक दलहरूले पनि देशको वर्तमान संकटको लागि र्सवदलीय सहमति र सहकार्यबिना अघि बढ्नु दुघटना निम्त्याउनु हो भनेर चार दलीय संयन्त्रलाई प्रस्ट पारिसकेका छन् । सैद्धान्तिक हिसाबले चार दलीय संयन्त्रले सबै असन्तुष्ट दलहरूलाई वार्तामा बोलाउनु संकट समाधानातर्फउन्मुख देखिए पनि व्यवहारिकरूपमा इमानदार देखिएको छैन । चार दलीय संयन्त्रका जिम्मेवार नेताहरूकै वार्ता चलिरहेकै समयमा अन्य दलहरूको मागलाई बेवास्ता गर्दै आफ्नै निर्ण्र्ाारू हुबहु लागू गर्ने बताइरहेका छन्, जसले वार्तामा आइसकेका दलहरूलाई सशंकित बनाएको छ । नेकपा-माओवादीलगायतको ३३ दलीय मोर्चा, मधेसी जनाधिकार फोरम उपेन्द्र यादव समूह र अन्य विभिन्न दलहरूले पनि चैत १ को प्रतिगमन नसच्याई निर्वाचनको कुरा गर्नु कुनै तुक नभएको बताइरहेका छन् । अहिले निर्वाचनको कुरा गर्नुभन्दा पनि वर्तमान संकटबाट कसरी पार पाउने भन्ने सर्न्दर्भमा छलफल चलाई सबै दलको सहमतिबाट अघि बढ्नुपर्ने धारणा प्रष्टरूपमा राखेका छन् । तर, चार दलीय संयन्त्र अरु राजनीतिक दलको सल्लाह, सुझावलाई लत्याउँदै आफ्नै एजेण्डामा सबै दल सहमत हुनुपर्ने बताइरहेको छ । यसले समस्या झन् बल्झाउने निश्चित छ ।
चार दलीय संयन्त्रका संयोजक एमाओवादीका अध्यक्ष प्रचण्डको अभिव्यक्ति सुन्दा वार्तामा गएका दलहरूलाई चार दलीय संयन्त्रको निर्ण्ामा ल्याप्चे ठोक्न बोलाएको प्रस्ट हुन्छ । प्रचण्डले नेकपा-माओवादीलगायतका ३३ दलीय मोर्चा र अन्य दलसँग गरेको वार्ताको क्रम नसकिँदै निर्वाचनको पक्षमा गरेको वकालतबाट चार दलीय संयन्त्र वार्तालाई सफल बनाउन होइन, बिथोल्न उद्यत देखिएको राजनीतिक विश्लेषकहरूको ठहर छ । चार दलीय संयन्त्रभित्रका काँग्रेस, एमाले र एमाओवादीका जिम्मेवार नेताहरुबाट वार्ता प्रक्रिया अघि बढिरहेको समयमा वार्ता बिथोल्ने र वार्तामा आएका दलहरूलाई होच्याउने र थर्काउने किसिमका अभिव्यक्तिहरू र्सार्वजनिक भइरहेका छन् । यसले वार्ता बिथोल्ने र देशलाई झन् गम्भीर संकटतर्फधकेल्ने राजनीतिक विश्लेषकहरूको ठम्याई छ । चार दलीय संयन्त्रका संयोजकको नाताले एमाओवादीका अध्यक्ष प्रचण्डले संयमित तवरले प्रस्तुत हुँदै वार्तालाई सफल बनाउन लाग्नुपर्नेमा उल्टै उनी वार्तामा आएका दलहरूको उछितो काट्दै हिँड्नुले वार्ता सफल हुने कहीँ, कतैबाट सम्भावना देखिँदैन । वार्ताको नाममा असन्तुष्ट दलहरूलाई भुलाएर निर्वाचनको गतिविधि अगाडि बढाउन उद्यत चार दलीय संयन्त्र वार्तालाई बिथोल्ने प्रपञ्च गरिरहेको उनीहरूको कार्यशैलीबाट प्रस्ट हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु