आजको वार्तापनि निष्कर्षहीन

२०७० श्रावण २४ गते, बिहीबार

काठमाडौ , २४ साउन – आज विहान संविधानसभा भवन नयाँ वानेश्वरमा उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादी पार्टी बिच भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा चुनावको विपक्षमा रहेको अशोक राई नेतृत्वको संघियसमाजवादी पार्टिले आफ्ना पुरानै माग दोहराएका छन्। वार्तामा राई नेतृत्वको समाजवादी पार्टीले समानुपातिक सिट सङ्ख्या यसअघिकै कायम गर्नुपर्ने, मन्त्रिपरिषद्का अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने लगायतका पुरानै माग दोहोर्याएको हो ।
समितिले भने मंसिर ४ को निर्वाचनमा सहभागी हुने सुनिश्चितता भएमा समानुपातिकको सिट बढाउने, समितिको विस्तार वा खारेजी गर्न सकिने तथा मन्त्रिपरिषद्को समेत विस्तार गर्न सकिनेलगायतका कुरामा हदैसम्मको लचकता अपनाउन आफूहरू तयार रहेको भन्दै लचिलो भएर आउन आग्रह गरेको थियो । समितिले शुक्रवार फेरि निर्वाचनबारे फरक मत राख्दै आएका नेकपा माओवादी, सङ्घीय समाजवादी र सङ्घीय लोकतान्त्रिक मोर्चासँग निर्णायक वार्ता गर्ने भएको छ ।

यसअघि समितिले नेकपा माओवादी नेतृत्वमा रहेको ३३ दलीय मोर्चा र उपेन्द्र यादव नेतृत्वको मोर्चासंग छुटाछुट्टै बार्ता गरेको थियो ।
वार्तामा ३३ दलीय मोर्चाले निर्वाचन सार्नुपर्ने, ११ र २५ बुँदे खारेज गर्नुपर्ने तथा राजनीतिक निकासको लागि गोचमेच सम्मेलनको आयोजना गर्नुपर्नेसहितका १८ बुँदे माग पेश गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु