वार्ताको तयारीमा ३३ दल

२०७० श्रावण १८ गते, शुक्रबार

काठमाडौ , १८ साउन – सरकारले वार्तामा आउन पत्र पठाएपछि नेकपा माओबादीले वार्ताको तयारी थालेको छ । वार्तमा राख्ने माग र देखाउँने लचकताका बिषयमा रणनीतिको तयारी गर्न नेकपा माओवादी नेतृत्वको मोर्चा छलफलमा जुटेको छ । नेकपा माओबादीको कार्यालय बुद्धनगरमा आज दिउसो बस्ने ३३ दलीय मोर्चाले सरकारको पत्रबारे साझा धारणा तय गर्ने छ । सरकारले मंगलबार पठाएको पत्रलाई नेकपा माओबादिले सकारात्मक भन्दै बार्ता गर्ने बारे मार्चामा छलफल गरी निर्णय गर्ने भन्दै आज आन्तरिक छलफलमा बस्न लागेको हो । माओबादि नेतृत्वको मोर्चाले सर्त सहितको बार्तामा सहभागिता नजनाउने बताएपछि सरकारले बिना सर्तको पत्र पठाएको थियो । आजको बैठकले सरकारले पठाएको पत्रको जवाफ सकारात्मक भन्दै बार्तामा जाने निर्णय गर्ने स्रोतले बताएको छ । नेकपा माओबादी नेतृत्वको मोर्चाले बर्तमान सरकार खारेजि, ११ बुदे सहमित र २५ बुदे बाधाअड्काउ फुकाउ आदेश खारेजिको माग गर्दै निर्बाचनमा सहभागि नहुने अडान राख्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु