चिल हो तर हेलिकोप्टर चढ्छ… – सोनु कुमार सुनार

२०७० श्रावण १३ गते, आईतवार

नेपाली राजनीति केही समय अगाडी देखी स्वयम नेपालीको नियन्त्रण भन्दा वाहिर छ । नेपाली राजनीति कतै बाहिरबाट हस्तचालित जस्तै बनेको छ । नेपालका राष्ट्र र सरकार प्रमुख पदमा रहेका मान्छेहरु के यिनीहरु हाम्रै हुन – के यिनीहरु नेपाली जनताको नेतृत्व गरिरहेका छन – के यिनीहरु देश र जनताप्रति बफादार छन – यो प्रश्नको उत्तरमा हामीलाई लाग्छ यो देशको ठेक्का लिएका भनिएका मान्छे हरु जो नेपाली जनताको नेतृत्व गर्ने मान्छे हरु होइनन । किनकी ति मान्छेहरु जनताका प्रतिनिधी को रुपमा राज्यको नेतृत्व गर्न गएका होइनन । नेपाली जनताको व्यापक विरोध को बाबजुद थमौती गरीएका मान्छेहरु आज यो देशलाई फेरी एकचोटी द्धण्द्ध , प्रतिशोध र संकट को भुमरीमा जवरजस्ती धकेल्न हरतरह प्रयास गरिरहेका छन । त यिहरु किन यस्तो गर्दैछन त भन्दा विदेशी दलाल को रुपमा यी हरु अहिले नेपालमा प्रतिनिधीत्व गरिरहेका छन । केही समयकै पेरी फेरीमा नेपाली राजनीति दुइवटा धु्रव हरुमा केन्द्रित भएको छ । विदेशीको इशारामा निर्माण भएको चारदल प्राइभेट लिमीटेड को सिफारिसमा निर्माण भएको निर्दलिय नालायक सरकार ले कथित निर्वाचन गर्ने भनेर घोषणा गरेलगत्तै चारदल सिण्डीकेट, निर्दलिय सरकार र सरकार हेण्डल गर्ने विदेशी जवरजस्ती चुनाव गर्ने भनेर लागीरहेका छन भने अर्काेतिर सम्पुण् नेपाली जनता, देशभक्त क्रान्तिकारीहरु, कानुनव्यवसायीहरु, लेखक हरु विद्यार्थीहरु, कलाकारहरु र करिव करिव सवै नागरिकहरु चारदलको यो अनावस्यक दादागिरी विरुद्धमा उभिँएका छन । यो नेपाली जनता को गौरवशाली वृहत मोर्चाको नेतृत्व नेकपा-माओबादीले गरिरहेको छ । केही समय अगाडी सरकारले निर्वाचनको मिती घोषणा गरेलगत्तै, निर्दलिय सरकारले नेपाली जनतालाई निषेध गरेर गर्न खोजीरहेको यो चुनावको विरुद्धमा नेकपा-माओबादी ले संर्घष्ाको घोषणा गरेको छ र अहिले देशव्यापी चुनावविरोधी अभियानमा नेकपा-माओबादी जुटिरहेको छ । पछिल्लो समयमा भारतको सवैभन्दा नजिक को दलालको को रुपमा आफुलार्इर्र्परिचित गराएको एकीकृत नेकपा माओबादी जो निर्वाचन पक्षिय हरुको एउटा शक्ति भित्र पर्दछ । नेपाली जनयुद्धलाई भारतको पाउमा राखेर सिद्धाउन उद्धत यो पार्टी आफुलार्इर्र्चिल सम्झने नेता प्रचण्ड जो वेला वेलामा पागल ले जस्तो भाषण गर्दै चर्चामा आउने गरेका छन । भर्खरै यो पार्टी एउटा विस्तारित वैठक सम्पन्न भएको छ, पछिल्लो समयमा प्रचण्डले पार्टीीर्इ र्र्शक्तिशाली र ठुलो बनाउनको लागी पार्टी हत्यारा, गुण्डा, फटाहा, सामन्त, सुरा सुन्दरीहरुलार्इर्र्पनि संगठित गर्ने नयाँ योजना ल्याएका छन । त्यही क्रममा व्रा र पेन्टीले मात्रै यौनाङ्ग छोपेर नांगै नाच्ने रेखा थापालार्इर्र्पनि प्रचण्डले पार्टी भित्राएका छन । वास्तवमा मान्छेहरु प्रचण्डको यस्तो क्रियाकलापलार्इर्र्बढो अचम्मको साथ नियाली रहेका छन । एमाले, कांग्रेस, मधेशी भित्रका खतम कम्पनीको पनि प्रचण्ड खरिद गर्ने क्रममा रहेका छन । रेखा थापाले आफुलार्इर्र्केन्द्रिय सदस्य पद मागेपछि त्यो दिन त प्रचण्ड राजी भए तर बाबुराम भट्टराइ र नारायणकाजी लाई यो कुरा स्विकार्य हुन सकेन, रेखा थापाले आफुले विहे नगर्ने तर प्रेमी सँग सेक्स गरेर वच्चा पाउने भन्ने अन्तरवार्ता दिएपश्चात एमाओबादीका सवै सवैले कसरी नाक बँचाएका होलान त्यो पनि अचम्मकै
कुरा भयो । केही समय अघि मधेशी राजनीतिबाट एमालेमा छिरेका र पहिला एकचोटी मन्त्री पद पनि खाइसकेका रामचन्द्र झालार्इर्र्प्रचण्डले पार्टी प्रवेश गराए । प्रचण्डले उनलार्इर्र्पार्टी कार्यकारी सचिव पद दिन्छु भनी ल्याएका रहेछन । जव पार्टी रामचन्द्र झाले सचिव पद मागे तव सुरु भो भद्रगोल त्यसपछि पार्टी गम्भिर प्रकारको झगडा सुरु भयो । झगडाकै विचबाट कुनै समयमा भारतको एकनम्बर दलाल भनेर चिनीएका बाबुराम भट्टराइले उपाध्यक्ष पदबाट राजीनामा दिए । अस्ति भर्खर हेटौडामा त्यत्रो तामझाम गरेर प्रचण्डले चिल नीति ल्याएका थिए तर ६ महिना नपुग्दै चल्लाहरुले यसरी नीतिको उल्लंघन गर्लान भनेर कसैले सोँचेकै थिएन । भर्खरै एमाओबादीको विस्तारित वैठकले प्रचण्डलार्इर्र्र्सवाेच्च देवता ठान्दै अरु सव केन्द्रिय सदस्य बनेर वैठक समापन गरेको छ । त्यही क्रममा प्रचण्डले आफुलाई चिल र अरु लाई चल्ला बताएका छन । राजनीतिक संकट सँगै प्रचण्डमा आउने मानसिक संकट को कारण उनी जथाभावी बोल्न थाल्दछन । हामीलाई लाग्न थालेको छ की प्रचण्ड कुनै हाँस्य कलाकार हो । हेलीकोप्टरमा चढेर पार्टी वैठकमा जान पाँउदा उनले आफुलाई चिलको कल्पना गरेका पनि हुन सक्दछन । आफुलाई चिल भन्छ तर हेलीकोप्टरमा चढ्छ को हो – भन्ने प्रश्न मा व्यंग गर्दै एक कार्टुनिष्ट ले भनेका छन त्यसको उत्तरः प्रचण्ड ।

प्रतिक्रियाहरु