राजनीतिक दलमा विदेशीहरुको कित्ताकाट – बिजय नरसिंह के सी

२०७० श्रावण १२ गते, शनिबार

०६२/०६३ को आन्दोलन पश्चात राजनीतिक परिवर्तनबाट राजनीतिक दलहरु असफल हुँदै गएपछि नेपालको राजनीतिमा छिमेकि राष्ट्रको चासो बढदै जाँदा आजको परिस्थितिमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने सम्मको अवस्था आईसकेकोले देशको राष्ट्रियता तथा स्वाधिनता माथि खतरा वढदै गएको कुरा राजनीतिक दलका नेताहरु स्वयंले नै स्वीकारीएको अवस्था छ । नेपालमा लामो समय सम्म संक्रमणकालिन अवस्थामा गुज्रिन परिरहेकोले अस्थिरता रहेका कारण नेपाल आफैं संकटको घडिमा छ भने पश्चिमा राष्ट्रले नेपालको भूमिलार्इ दुवै छिमेकी मुलुक विरुद्ध प्रयोग हुन सक्ने खतरा मडारीरहेको अवस्था छ । भू सामरिक अवस्थाका कारण सुरक्षाको विषयलार्इर्र्लिएर दुवै छिमेकि राष्ट्रले नेपालमा आफनो पक्ष राजनीतिक दलको सरकार वनाउने प्रतिस्पर्धा र प्रतिद्धन्दि राष्ट्रमा समेत प्रभाव पार्ने प्रयास भएका कारण आफनो पक्षको गुट निर्माण गर्ने शीलशीला विकसित हुँदै गईरहेको छ । त्यसकारण आफना पक्षका राजनीतिक दलका नेताहरुलार्इर्र्निमन्त्रणा गरी स्वागत, सम्मान तथा मन्त्रणा गर्ने प्रचलन वढेको देखिन्छ । धु्रविय सैद्धान्तिक राजनीतिक प्रभाव रहेको नेपालको राजनीतिमा राजनीतिक दलहरु भित्र नै मदभेदहरु देखापर्न थालेका छन ।
प्रचण्डको चीन भ्रमणमा पाएको सम्मान तथा मोहन वैद्य किरणको भ्रमणले चीनको नजिकता वढाउन प्रयासरत छ भने युरोपियनको एजेण्डा वोकेर वा डा. वावुरामको पक्षमा लागेर त्रीदेशीय शक्ति केन्द्रको बीचमा खेल्ने प्रचण्डको प्रवृत्ति रहेको छ । नेपाली काँग्रेसबाट भारत भ्रमणको सम्मान र स्वागत पश्चात शेरवहादुर देउवा गुटलार्इर्र्वलियो वनाउने प्रयास देखिएको र भारतद्धारा नरुचाईएको शुशिल कोईराला गुटलार्इर्र्कमजोर वनाएको महशुस गरिएको छ । अतः भारत समर्थित गुटले महाधिवेशनको मुद्दा उठाएर भारतद्धारा नरुचाईएको व्यक्ति झलनाथ गुटलार्इर्र्एक्ल्याउने वा परास्त गर्ने रणनीति भएकोले एमालेको केही गुट चीन भ्रमणमा जानु तथा माधव नेपालको भारत भ्रमणले एमालेमा पनि मदभेद चरम चुलिमा पुरयाएको छ । एमाले पार्टीीक ढिक्का भएर जान सक्ने परिस्थितिमा छैन । शेरवहादुर देउवा अमेरीकि लविङ्ग छाडेर भारत तर्फढल्किएको अवस्थामा शुसिल कोईराला तथा अमेरीका भ्रमणको तयारी पश्चात झलनाथ खनाल अमेरीका लविङ्गमा लाग्ने तरखरमा छन । नेपालका प्रमुख राजनीतिक दलहरु विदेशी प्रभावमा गुटवन्दि गरेका कारण पार्टर्ीीत्र सैद्धान्तिक भन्दा सत्ता समिकरण मुख्य एजेण्डा वन्ने हुनाले उथलपुथल हुने अवस्थामा छ । अतः नेपालको राजनीतिक दलहरुमा भारत, चीन तथा पश्चिमा गुटमा विभाजित हुने संकेत देखापरेको छ ।
नेपालको राजनीतिमा भारतको प्रभाव हावी भएको कारणले डा. वावुराम भट्टर्राई भारतकै सहयोगमा मधेशवादी दलहरुसँग गठवन्धन पश्चात प्र. म. वन्न सफल भएका हुन् । त्यसकारण भारतको छत्रछाँयामा रहेका डा. वावुराम सरकारले विप्पा तथा विमानस्थलको सूरक्षा जिम्मा दिने सम्झौतामा जुवा खेलेको भन्दै प्रतिपक्षको विरोधका वावजुद एकलौटी ढंङ्गले हस्ताक्षर गरेर भारतको विश्वास पात्र वने । डा. वावुरामको अगुवाईमा १२ वुँदे दिल्लि सम्झौता मार्फ गरीएको जनआन्दोलनको वलले नेपालमा सत्ता परिवर्तन गरी माओवादी शक्ति राजनीतिक मूलधारमा आए पश्चात जनयुद्धको आधार रहेको ४२ सुत्रिय माग भित्र भारत विरोधि मागहरु रहेकोमा १२ वुँदे आत्मसमिक्षा गर्दै आत्मर्समर्पणवादी एजेण्डा पास गर्दै भारत परास्त हुन मात्र हेटौंडा महाधिवेशनलार्इर्र्प्रयोग गरियो । ४२ सुत्रिय माग पुरा नगरेको भन्दै जनयुद्धमा होमिएको तथा स्वाधिनताको रक्षा गर्ने भन्दै भारतसँग सुरुङ्ग युद्ध गर्ने घोषणा गरी १७००० भन्दा वढी नागरिकले शाहदात गरेको मूल एजेण्डा विपरित हेटौंडा अधिवेशनवाट संसदिय व्यवस्थालार्इर्र्स्वीकार्ने तथा लोकतान्त्रिक पद्दतीको आवरणमा जनयुद्ध कालमा गरेका सबै मुद्दाहरुलार्इर्र्तिलान्जली गर्ने नीति पास गरेको एनेकपा माओवादी अग्रगामी तथा परिवर्तनकारी विचारधारा छाडेर सत्ता स्वार्थमा दलाल पथ तथा उपनिवेशवाद स्वीकारेर राष्ट्रघाती कित्ता तर्फढल्केको हुँदा देशको र्सार्वभौम, स्वाधिनता तथा राष्ट्रियता खतरामा परेको छ ।
मओवादको मूल सिद्धान्त विपरित पहिचान सहितको जातीय संघियता तथा वहुमत हिन्दुको धार्मिक पहिचान वनेको मुलुकमा धर्म निरपेक्षताको मुद्दाको उठान गरेर अवसरवाद चरित्र प्रदर्शन गर्दै सत्ता प्राप्त गर्ने रणनीति वनाएका एनेकपा माओवादी भ्रष्टाचारको दलदलमा फसेको तथा विलासिता जीवन शैलीले सैद्धान्तिक धरातल पतन भैसकेको छ ।
तथापि माओवादी विस्तारित वैठकको अवसर छोपेर सैद्धान्तिक वामपन्थि विचारधाराको ढोङ्ग रच्दै पदलार्इर्र्महत्व दिन नुहने तथा पद वाहिर रहेर काम गर्ने मनशाय भित्र वावुराम भट्टर्राईको रणनीतिक चाल केवल धु्रवीय राजनीतिको चपेटामा परेको नेपालको राजनीतिमा आफनो भारत परस्त नीतिलार्इर्र्संरक्षण गर्नका लागि पदत्यागको वाहना मात्र गरेका हुन । नेकपा माओवादीमा चीन समर्थित पदाधिकारी नेताहरुको वाहुल्यता रहेको अवस्थामा विपरित विचारधारा एकै ठाउँमा वसेर राजनीति गर्न अप्ठेरो परिस्थितिमा डा. वावुरामले शक्ति पर््रदर्शन गर्दै चीन समर्थित गुटलार्इर्र्पन्छाउने रणनीति अपनाए भने अर्कोतर्फचीन भ्रमणमा अस्विकार गरिए पश्चातको रोष फेर्ने कार्य गरे ।
हेटौडा महाधिवेशनमा उपाध्यक्षमा चयन हुन तथा आफना पक्षलार्इर्र्जिताउन दौडधुप गरेका डा. वावुराम एकाएक निर्वाचनको मुखमा विस्तारित वैठकमा आफना पक्षलार्इर्र्दुइ तह पदोन्नती गर्ने प्रयास असफल भए पश्चात माओवादीमा पदको वाँडफाँडमा विवाद चरमचुलिमा पुर्याएर प्रचण्ड र वावुराम दुइ व्यक्तिको सहमतीको एजेण्डा अध्यक्ष वाहेकका पदाधिकारी विहिन हुनुले व्यक्तिवादी चरित्र हावी भएको पर्दाफास भएको छ । म्ाहाधिवेशनको गरिमालार्इर्र्नजरअन्दाज गर्दै संस्थागत कार्यशैली थाँती राखी विस्तारित वैठकको नाममा एमालेलार्इर्र्कमजोर वनाउन तथा आफनो पक्ष मजवुद वनाउन रामचन्द्र झा उर्मिला अर्याल जस्ता एमाओवादी भित्र भित्रयाईएका नव प्रवेशीलार्इर्र्पदीय वाँडफाँडको नाममा उचित स्थान दिनका लागि गरिएको प्रयासमा विवाद भएपछि कसैले पनि नपाउने अवस्था सृजना हुनुले पद त्याग गरिएको भन्ने नाटक मञ्चनको यथार्थ डा. वावुरामको गर्भमा लुकेको छ भन्ने विश्लेषण गरिन्छ ।
भारतको स्वार्थमा हिडने डा. वावुरामको पछि लागेर संस्थागत तवरले पार्टि चलाउन असक्षम तथा असफल भएको दोष लुकाउन तथा खराव काममा पुरुषार्थ देखाउने प्रवृत्ती वोकेको नेतृत्वले क्रमभङ्ग गरेको भन्दै झुट र भ्रमको साहरामा सिद्धान्तमा अडिग कार्यकर्ता तथा जनतालार्इर्र्गुमराहमा राख्ने तथा विदेशीको दलाल भएर सत्ता स्वार्थ अनुकुल सिद्धान्तको परिभाषा गर्दै जनताको आकाँक्षा माथि खेलवाँड गर्दै सत्ता प्राप्त गर्नका लागि विदेशी एजेण्डा वोकेका प्रचण्ड वावुरामहरु जनताका वीच नाङ्गनिे निश्चितताको दिनगन्ति शुरु भएको छ ।
लेखकः नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका महासचिव हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु