संघीय समाजवादीपार्टी आन्दोलित

२०७० श्रावण १० गते, बिहीबार

काठमाडौं ,१० साउन। चारदलीय राजनीतिक समिति खारेजसहितको ५ बुँदेमाग राख्दै संघीय समाजवादी पार्टीले आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी संघीय समाजवादीले २० दिने आन्दोलनको घोषणा गरेको हो ।घोषित आन्दोलन अनुसार साउन १३ गते राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने, १५, १६ र १७ गते जुलुस र कोणसभा गर्ने, २५ गते काठमाडौ.मा बृहत नागरिक सभा गर्ने र ३२ गते काठमाडौंमा हातेमालो साङ्ग्लो कार्यक्रम गर्ने छन् । संघीय समाजवादीले चार दलले उच्चस्तरीय राजनीतिक समिति घोषणा गरी असंवैधानिक शक्ति केन्द्र खडा गरेको आरोप लगाएको छ ।
अग्रगामी परिर्वतनका चाहना र २०६२/६३ को निर्देशविरुद्ध तीन दल र मधेसी मोर्चा र खासगरी कांग्रेस र एमाले लागेको दावी गरेको छ । ‘देशलाई जोगाउने एक मात्र संवैधानिक बाटो विघटीत संविधानसभाको पुनःस्थापना नै हो’ संघीय समाजवादीको विज्ञप्तिमा भनिएको छ ।२५ बुँदे बाधा अड्का फुकाउ आदेशबाट देश संकट, प्रतिगमन र द्वन्द्वको स्थितिमा फसेको उसले बताएको छ । संघीय समाजवादीले राजनीतिक समिति खारेज, ११ र २५ बुँदे खारेज, राष्ट्रिय सहमतिको आधारमा तय गरिएको संविधानसभाको सिट संख्या, अनुपात र प्रतिनिधित्व कायम गर्न र आन्दोलनरत दलहरुसँग सहमति गरेर मात्र निर्वाचन प्रक्रिया प्रारम्भ गर्न गर्न माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु