मुलुक माओवादीमय बन्दै – राजेन्द्र चिमौरिया

२०७० श्रावण ५ गते, शनिबार

चार दलको राजनीतिक एकाधिकारको अन्त्य, प्रधानन्यायाधीश नेतृत्वको सरकार विघटन, ११ बुँदे सहमति, २५ बुँदे बाधा अड्काउ फुकाउलगायतका प्रतिगामी निर्ण्रारु खारेज गरी वर्तमान राजनीतिक संकटको निकासको निम्ति गोलमेच सभाको माग गर्दै आन्दोलन गरिरहेको नेकपा-माओवादीलाई दिनप्रतिदिन जनर्समर्थन बढ्दै गएको छ । विगतमा संविधानसभाबाट संविधान बन्न नदिने चार दल र अहिले चार दलकै राजनीतिक एकाधिकारबाट बनेको प्रधानन्यायाधीश नेतृत्वको सरकार पुनः आगामी मंसिर ४ गते संविधानसभाको निर्वाचन गराउने नौटंकी विरुद्ध नेकपा-माओवादीले स्पष्ट धारणा आमजनातासामु राखेको छ । माओवादीको यस प्रष्ट धारणालाई अधिकांश राजनीतिक दलहरुले आत्मसात गर्दै सहकार्य गर्ने मोर्चासमेत बनिसकेको छ । माओवादी नेतृत्वको ३३ दलको मोर्चाले चार दल र सरकारले गराउने निर्वाचन संकट निकासको कारक नभई थप संकट निम्त्याउने कारण भएको प्रष्ट पारिसकेका छन् । नेकपा-माओवादीलगायतका दलहरुले यस अवस्थामा निर्वाचन गर्नुको कुनै औचित्य नभएको र संकट निकासको लागि गोलमेच सभाको विकल्प नभएको प्रष्ट पारिसकेका छन् । चार दल र त्यसैको निर्ण्र् बनेको वर्तमान सरकारले समयमै यस विषयको सुनुवाई नगर्दा मुलुकमा संक्रमणकाल झन् लम्बिँदै गएको राजनीतिक विश्लेषकहरुको ठम्याई छ ।
चार दल र त्यसैद्वारा निर्देशित सरकारले सकेसम्म नेकपा-माओवादीलगायतका दलहरुलाई पेलेर जाने कोसिस गरेकै हो र गरिरहेको पनि छ । तर, वर्तमान समयमा नेकपा-माओवादीले राष्ट्र र जनताको हितमा जुन-जुन एजेण्डाहरु अगाडि सारेको छ, ती एजेण्डाहरु निर्विकल्प छन् । ती एजेण्डाहरुमा राष्ट्र, राष्ट्रियता र जनजीविकाका हिसाबले कहीँ, कतै तलमाथि हुनुपर्ने स्थिति छैन । माओवादीको यो स्पष्ट नीतिले अहिले आमस्वाभिमानी जनतामा आशा पलाएको छ । चार दल र वर्तमान सरकार जुन ढंगले राष्ट्र र जनतालाई घात गर्दै अगाडि बढिरहेको छ, त्यसलाई लगाम लगाउने एक मात्र शक्ति भनेको अहिले नेकपा-माओवादी नै हो । यही बुझेर अहिले नेकपा-माओवादीको एजेण्डामा सहमत हुने राजनीतिक दलहरु पनि उल्लेख्य रूपमा वृद्धि भइरहेका छन् । माओवादीको स्पष्ट अडान र उसको धारणालाई दिनप्रतिदिन जनर्समर्थन बढ्दै गएको छ ।
यसरी माओवादीको पक्षमा दिनप्रतिदिन जनर्समर्थन बढ्दै गएपछि चार दल र सरकार आत्तिएको स्थिति छ । चार दल र सरकार जसरी पनि मंसिर ४ मै संविधानसभाको निर्वाचन गर्राई आफ्नो प्रतिगामी कदमलाई वैधता दिने प्रपञ्चमा अडिग थिए । तर, माओवादीको स्पष्ट अडान र स्पष्ट धारणाले आमस्वाभिमानी जनता हृवात्तै माओवादीको पक्षमा देखिन थाले । त्यसरी दिनप्रतिदिन माओवादीको पक्षमा जनमत बढ्न थालेपछि आत्तिएका चार दल अब वार्ताको नौटंकी रच्न थालेका छन् । उनीहरु आपै पनि माओवादीसँग वार्ता गर्ने र सरकारबाट समेत वार्ता गराउने प्रपञ्चमा लागेका छन् ।
चार दल र सरकारले अहिले आव्हान गरेको वार्ता कपटपूण् किसिमको छ । यस वार्तामा नेकपा-माओवादीले थोरै मात्र भूलचुक गरे ऊ जनताबाट नाङ्गनिे राजनीतिक विश्लेषकहरु बताउँछन् । यर्सथ अब नेकपा-माओवादीले जुन आफ्नो स्पष्ट अडान र धारणा र्सार्वजनिक गरी आमजनताको र्समर्थन लिन सफल भएको छ । त्यसैगरी अबको वार्तामा पनि माओवादीले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कुनै मोलाहिजा नगरी दृढ भएर प्रस्तुत हुनुपर्छ । वर्तमान अवस्थामा माओवादीले लिएको अडान र उसको धारणा राष्ट्र राष्ट्रियता र जनजीविकासँग प्रष्ट मेल खाने भएकाले अब पछि हट्नु हुँदैन देश माओवादीमय भएको छ । माओवादीलाई पूरै सफलता हात पर्ने निश्चित छ भन्ने राजनीतिक विश्लेषकहरुको तर्क छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु