नेताहरुको नाटक – राजेन्द्र चिमौरिया

२०७० असार ३१ गते, सोमबार

गतहप्ता ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोवल करप्सन व्यारोमिटर २०१३ ले नेपालमा र्सवाधिक भ्रष्ट निकायमा नेपालको राजनीतिक दल र एक दिने भ्रमणका लागि आएका भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न नेपालका पूव प्रधानमन्त्रीहरु लर्को लागेर पुगेको घटनामा सबैको टिप्पणीले चुलियो । देशमा लोकतन्त्र आइसकेको अवस्थामा लोकतन्त्रलाई संस्थागत गर्न नसक्ने नेपालका राजनीतिक दल र भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताहरुमाथि जनताले यो पटक बढी नै आक्रोश पोखे । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको गीत गाएर नथाक्ने दल र नेताहरु आफ्नो दल र व्यक्तिगत स्वार्थपूर्तिका लागि कति निर्लज्ज हुनसक्छन भन्ने भारतीय विदेशमन्त्री खुर्सिदको भेटमा लाम लागेका नेताहरुलाई हेदा र्छलङ्ग नै हुन्छ । नेपाल सरकारका पूवप्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टर्राई, शेरबहादुर देउवा, झलनाथ खनाल भारतीय विदेशमन्त्री सलमान खुर्सिदलाई भेटन उनी बसेको होटल द्वारीकामा लर्को लागेर पुगे । एकदिने भ्रमणमा काठमाडौँ आएका खुर्सिदलाई भेट्न जान नेपालमा पर्ूव प्रधानमन्त्रीको मर्यादाक्रमले मिल्छ कि मिल्दैन, यो प्रश्न अहिले जोडतोडले उठिरहेको छ । आफ्नो स्वाभिमान र पदीय ओहदालाई बन्धकी राखेर पछिल्लो चरणमा नेताहरुले जुन काम गरे यसले देश र जनताको शीर निहुरीएको छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको नाममा देश र जनतामाथि आफ्नो स्वार्थ लाद्ने नेताहरुको चरित्र अब बद्लिनै पर्छ ।
पछिल्लो समयमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन र भारतीय विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमण प्रकरणबाट अब नेताहरुले पाठ सिक्न जरुरी छ । पछिल्लो चरणमा देशका राजनीतिक दल र तीनका नेताहरुप्रति जनताको वितृष्ण बढ्दै गएको छ । तर्सथ देशमा राजनीति गर्छ ,देश र जनताको लागि काम गर्छुन्ने राजनीतिक दलहरुले तुरुन्तै सच्चिन आवश्यक छ । पछिल्लो चरणमा जनताले राजनीतिक दल र तीनका नेताहरुप्रति जाहेर गरेको वितृष्णालाई मध्यनजर गर्दै दल र नेताहरु आत्मआलोचित हुँदै देश र जनताको निम्ती एकताबद्ध भई सहमति र सहकार्यका साथ वर्तमान संकट निकासको निम्ती तत्पर हुनुपर्छ ।अन्यथा जनताको वितृष्णा चुलिदै जान्छ । जनता रुष्ट भएभने के गर्छन, त्यो राजनीतिक दल र नेताहरुलाई सिकाइरहनुपर्ने विषय होइन ।

प्रतिक्रियाहरु