विश्व बैंकद्वारा छ अर्ब सहयोग

२०७० बैशाख २१ गते, शनिबार


काठमाडौँ । जलवायु परिवर्तन र खाद्य सुरक्षासम्बन्धी दर्ुइवटा परियोजना कार्यान्वयन गर्नेविश्व बैंकले रु. छ अर्ब ६९ करोड ६० लाख उपलब्ध गराउने भएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम कम गर्न उक्त बैंकले रु. दर्ुइ अर्ब ६७ करोड ८० लाख र नेपाल कृषि तथा खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि रु. चार अर्ब १८ करोड प्रदान गर्ने सहमति जनाएको हो । जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि प्रदान गरिने उक्त रकममध्ये रु १ अर्ब २९ करोड ९१ लाख ५० हजार ऋण सहायता हो भने बाँकी रकम अनुदान हो । आगामी पाँच वर्षभत्र कार्यक्रम कार्यान्वयन गरिसक्ने योजना रहेको छ । ऋण तथा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा यहाँस्थित विश्व बैंकका प्रबन्धक ताहसिन सैयद र अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले हस्ताक्षर गरे । जलवायु परिवर्तनका कारण सृजना हुने समस्याको जोखिममा रहेका समुदायलाई मौसम तथा बाढीसम्बन्धी भविष्यवाणी तथा चेतावनी दिने जल तथा मौसम विज्ञान विभागलगायत सरकारी निकायको क्षमता अभिवृद्धि, कृषि व्यवस्थापन सूचना प्रणालीको विकासमा खर्च गरिनेछ । कृषि तथा खाद्य सुरक्षा कार्यक्रमअर्न्तर्गत सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका पहाडी भेगमा कृषि र पशु उत्पादकत्व वृद्धिका साथै गर्भवती एवं दर्ुइ वर्षुनिका शिशुको पोषण अवस्थामा सुधार ल्याउन प्रयोग गरिनेछ । सो अवसरमा प्रबन्धक सैयदले नेपालको सामाजिक-आर्थिक विकासका लागि बैंकले सक्दो सहयोग गर्दैै आएको तथा त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी पाँच वर्षा निम्ति प्रदान गरिएको सहयोग रकमबाट लक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । सचिव सुवेदीले जलवायु परिवर्तनसम्बन्धी परियोजनाका निम्ति आर्थिक सहयोग पाउने नौवटा मुलुकमध्येको नेपाल पनि भएको जानकारी दिँदै वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले जलवायु परिवर्तनका जोखिम घटाउन संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार