‘चैतन्य’ लाई पारिजात सिर्जना सम्मान

२०७० बैशाख ५ गते, बिहीबार


काठमाडौं,– पारिजात स्मृति केन्द्रको छनौट तथा मूल्याङ्कन समितिले पारिजात सिर्जना सम्मान २०६९ वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक एबं नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई पुरस्कार दिने निर्णय गरेको छ । वैद्यले सौन्दर्य शास्त्रका विषयमा चैतन्यका नाममा कलम चलाउछन ।
त्यस्तै पारिजात संघर्षशील नारी सम्मान वरिष्ठ महिला नेतृ सहाना प्रधान, पारिजात कला सम्मान नारदमूनी हार्तम्छाली र पारिजात बाल साहित्य पाण्डुलिपी पुरस्कार विजयराज आचार्यले पाउने भएका छन ।
त्यस्तै केन्द्रले संगीत स्रोता, सविना सिन्धु र केदार श्रेष्ठलाई उत्कृष्ट पाण्डुलिपी लेखेवापत सम्मान गर्ने निर्णय गरेको छ ।बैशाख २१ गते पुरस्कार वितरण गरिने पारिजात स्मृति केन्द्रका सदस्य सचिव मात्रिका पोखरेलले जानकारी दिए ।प्रसिद्ध साहित्यकार पारिजातको वैचारिक तथा कलात्मक योगदानको सम्मान गर्न केन्द्रले २०५१ साल देखि पारिजात संङ्घर्षशील नारी सम्मान, २०५१ साल देखि पारिजात सृजन सम्मान र २०५८ साल देखि पारिजात कला सम्मान प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरु