सानिमा माई हाइड्रोपावरले शेयर निष्काशन गर्ने

२०६९ चैत्र ३० गते, शुक्रबार

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडलाई १० लाख ५५ हजार कित्ता साधरण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्विकृती दिएको छ । कम्पनीले छिट्टै उक्त साधरण शेयर निष्काशन गर्ने जानकारी दिएको छ ।कम्पनी ईलाम जिल्लाको २२ मेगावाट निर्माणाधिन माई जलविद्युत आयोजना र ७ मेगावाट माई क्यस्केड जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो । कम्पनीले आयोजनाबाट प्रभावित स्थानिय वासिन्दाहरुको लागि सय रुपैयाँ अंकित १० करोड ५५ लाख रुपैयाँ बराबरको उक्त साधरण शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एन.सि.एम. क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार