माइ मिस्टेकको च्यारिटी शो सम्पन्न

२०६९ चैत्र १८ गते, आईतवार


काठमाडौं । सामाजिक जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको लघु चलचित्र ‘माइ मिस्टेक’ को च्यारिटी शो सम्पन्न भएको छ । संवाद डबलीमा गरिएको पहिलो शोको क्रममा निर्माता डम्बर रावल ‘निराजन’ ले युवा-युवती कसरी ड्रगको कुलतमा फस्छन्, त्यसको परिणम के हुन्छ र अभिभावकले कसरी कुलतलाई साथ दिइरहेका हुन्छन् भन्ने कथा बस्तु समेटिएको जानकारी दिए । उनले भने, ‘नजानिदो ढंगबाट अभिभावकले कसरी कुलतलाई साथ दिइरहेका हुन्छन् त्यसबाट र्सतक गराउने प्रयास गरिएको छ ।’
च्यारिटी शो कार्यक्रममा चलचित्रका निर्देशशक शेरचन्द सोडारीले युवा-युवतीलाई ड्रगको कुलतबाट कसरी टाढा राख्ने, त्यसका अभिभावकको कस्तो भूमिका हुनर्ुपर्छ भन्ने सन्देश दिन खोजेको बताए । आधा घण्टा भित्र ड्रग के हो, यसमा युवायुवती कसरी फस्छन्, अभिभावकले कसरी साथ दिइरहेका हुन्छन् र परिणम केह हुन्छ भन्ने कुरा समेटिएको बताए । चलचित्रले विशेषगरी शहरीया युवा-युवतीलाई लक्षित गरि निर्माण गरिएको र उनीहरुलाई कुलतमा नलाग्न प्रेरित गर्ने आशा गरिएको निर्माता रावलले बताउनुभयो । चार वटा शो सम्पन्न गरेको माइ मिस्टेकको दोस्रो शो चैत्र ३१ गते गरिने पनि सो अबसरमा जानकारी गराइएको थियो ।
सोडारीको निर्देशन रहेको उक्त लघु चलचित्रमा शेरचन्द सोडारी, प्रस्मीता शर्मा, सनम शाही, सुभाष कार्की, ऋषि रञ्जन, अन्जु श्रेष्ठ, सिपि दाहाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रियाहरु