महाधिवेशनले क्रान्तिको दिशा निर्देश गर्दै भगौडाहरुलाई उचित जवाफ दियो – ‘प्रतिनिधि प्रतिक्रिया’

२०७९ आश्विन ३१ गते, सोमबार


बसन्त विक


३१ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा जारी छ ।

महाधिवेशनले पार्टीको राजनैतिक प्रतिवेदन,विधान र जातीय मुक्तिको प्रस्ताव पारित गरिसकेको छ ।

देशभरका प्रतिनिधि पर्यवेक्षकहरु महाधिवेशनका बारे के भन्छन ? उनीहरुले महाधिवेशनको उपलव्धिलाई कसरी लिएका छन ? महाधिवेशन स्थल शिवगढी पार्टी कार्यालयमा भेटिएका प्रतिनिधि,पर्यवेक्षक र सर्वसाधारणहरुको कस्तो धारण छ त ? उनीहरुको धारणा जस्ताको तस्तै ।

गौरबको महाधिवेशन हो ः निरक शाही अछाम

हाम्रो नवौं महाधिवेशन गौरवको महाधिवेशन हो । यो ऐतिहासिक महाधिवेशन पनि हो । दलाल पूँजीवादका विरुद्ध लड्न यो महाधिवेशन नयाँ हुने छ । सवै हिसावले महाधिवेशन वाट राजनैतिक प्रस्ताव, विधान र जातीय मुक्तिको प्रस्ताव माथि जनवादी प्रक्रियाले छलफल भएको छ । सुझावहरु राखेका छौ । वाहिर महासचिव र प्रकाण्ड विच विवाद छ भनेर भगौडाहरुले भनेका छन । त्यो सत प्रतिशत झुट हो । कुनै पनि विवाद छैन । उनीहरुको प्रचार प्रति आपत्ति छ र खेद छ । क्रान्तिको गतिले आत्तिएका हुन ।

समाजवादी क्रान्ति सफल पार्ने हतियार हो ः ललित विक, विद्यार्थी बाट

समाजवादी क्रान्ति सफल पार्ने दस्तावेज पारित भएको छ । यो विश्व क्रान्तिको राजमार्ग हो । साम्राज्यवाद र दलालपुँजीवाद विरुद्ध ठुलो वैचारिक हतियार वोकेर आएको छ । यो हतियारलाई सर्वहारा.वर्गको मुक्तिको एकीकृत जनक्रान्तिमा लागु गर्नेछौ । अरु ठीक छ ।

भगौडाहरुलाई उचित जवाफ दिएको छ ः डा. टिका प्रसाद कँडेल काठमाडौ

वैचारिक दृष्टिकोणको हिसावले उच्च छ । थवाङ महाधिवेशन भन्दा माथि उठेर आएको छ । क्रान्तिको रोडम्याप ल्याएको छ । क्रान्ति तत्काल अहिलै सम्पन्न हुन्छ भन्न सकिदैन । तर बाटो तय भएको छ । हामीले एकीकृत जनक्रान्तिको कार्यदिशामा अभ्यास गर्दै जान्छौ । पार्टी भित्र विवाद छैन । भागेर गएकाहरुले गरेको प्रचार क्रान्ति विरुद्धको छ । उनीहरुलाई उचित जवाफ दिएको छ ।

समाजवादी कम्युनिष्ट क्रान्तिकारीलाई नयाँ दिशा निर्देश गरेको छ ः विधुषी युवा संगठन नेपाल

विश्वमा हावी भएको पूँजीवादी मान्यतालाई परास्त गर्न विचार विकासका हिसावले यो धेरै महत्वपूर्ण छ । समाजवादीहरु कम्युनिष्टहरुलाई नयाँ दिशा निर्देश गरेको छ । एकीकृत जनक्रान्तिको माध्यम बाट वैज्ञानिक समाजवादी वाटोमा पुग्ने वाटो तय भएको छ । राष्ट्रिय स्वाधीनताका विषयमा पनि राम्रो व्याख्या गरेर आएको छ । पार्टी र क्रान्तिका विरोधीहरुले यो महाधिवेशनका विषयमा गलत भ्रम फैलाएका छन । उनीहरुले हामीलाई असफल वनाउन खोजेका थिए तर आफै असफल भएका छन । हामी आवश्यकता अनुसार युवा,विद्यार्थी,सुरक्षाकर्मी सवै भएकाले पनि यूवाहरुले महाधिवेशनको सुरक्षाको जिम्मेवारी लिएको छ । अर्को युवाहरुलाई विदेश जानुपर्ने,वेरोजगार हुनुपर्ने,कुलतमा लाग्नुपर्ने जस्ता कार्यलाई रोकेर समाज परिर्वनको आन्दोलनमा लाग्न प्रेरित गर्नेछ । यो हिसावले महाधिवेशन निकै महत्वको छ । समाजको प्रतिवम्वन लिएर परिवर्तनको खाका वनाएको छ ।

भगौडाहरुको संसदवादीको कथित आरोप झुट सावित ः सोममाया विश्वकर्मा कास्की

महाधिवेशन राम्रो छ । जनतासंग जोडिएर नीति वनेको छ । जनताको मुक्ति वोकेको छ । विश्वक्रान्तिलाई कसरी ? विजय वनाउने भनेर विचार विकास गरेर ल्याएको छ । दर्शन,अर्थशास्त्र र वैज्ञानिक समाजवादमा विचार संश्लेषण पनि गरेको छ । यो विचार संस्लेषणले एकीकृत जनक्रान्ति पुरा गर्ने आत्मविश्वास पलाएको छ । पार्टीले चुनाव खारेज गर्ने नीति लिएको छ । विगतमा भगौडाहरुले संसदवादी भए भन्ने लगाएको आरोप गलत सावित गरेको छ । उनीहरु आफै साम्राज्यवादी र दलाल पुँजीवादीहरुको गोटी भए । महाविधेवेशनले क्रान्तिकारी जुझारु नेतृत्व ल्याउने छ ।

क्रान्तिको लागि आत्मविश्वास जागेको छ ः सुनिता किराँती संखुवासभा

महाधिवेशनले आत्मविश्वास जागेको छ । यो ऐतिहाशिक छ । क्रान्तिका विरोधीहरुलाई जवाफ दिएको छ । भगौडाहरुले गरेको झुट प्रचार पर्दाफास भएको छ । यो महाधिवेशन साम्राज्यवाद पूँजीवाद र दलाल संसदीय व्यवस्थाको विकल्प दिने महाधिवेशन भएको छ । पूँजीवादीहरुले हमला गर्छन,समाजवादीहरुले उसका विरुद्ध लड्नु पर्छ । यो महाधिवेशन विश्वविद्यालय हो । भगौडाहरु क्रान्ति वाट डराएर भागेका हुन । उनीहरुको कुनै औचित्य छैन ।

नेतृत्व भन्दा नीति विधिको वहसमा केन्द्रीत भयो ः कपिल भट्ट गोर्खा

यो महाधिवेशन कम्युनिष्ट आन्दोलनका लागि उत्कृष्ट छ । विश्व कम्युनिष्ट आन्दोलनको लागि नयाँ दिशा दिएको छ । विचारको वहस र संश्लेषका हिसावले यो उच्च छ । वामपंथी कम्युनिष्टहरुलाई एकतामा लिन सक्के क्षमता पनि राख्छ । यो महाधिवेशनमा नीति विधिको वहस धेरै भयो वाहिर आए जस्तो नेतृत्वको विषयमा मात्र वहस केन्द्रीत भन्ने कुरा भ्रम हो । विचारमा केही नयाँ विकास भएको छ । यो सवै भन्दा उपलव्धि हो ।

दलाल पूँजीवाद समाप्त गर्ने कार्यदिशा छ ः दुर्गानन्द मण्डल मोरङ

महाधिवेशन ठीकै छ । मधेशी जनताको भावना समेट्नेमा अलि जोड दिनु पर्छ । दस्तावेजमा कम आएको छ । तर व्याख्या अलि कम भयो कि भन्ने छ । मुख्य कुुरामा महाधिवेशनले राम्रे कुरा ल्याएको छ यो सफल छ । यसको कार्यदिशाले मात्र दलाल पुँजीवाद समाप्त गर्न सकिन्छ र जातीय क्षेत्रीय मुक्ति हुन सक्छ ।

विश्व दृष्टिकोणको हल दिएको छ ः शाहसी कालिकोट

नवौं महाधिवेशनले विश्व कम्युनिष्ट आन्दोलनको दृष्टिकोणको हल दिएको छ । विश्व दृष्टिकोणको हल दिनु नै विश्व कम्युनिष्ट आन्दोलनको विजयीको शुनिश्चित गर्नु हो । विश्व कम्युनिष्ट आन्दोलनलाई संगठित गर्नु हो । विश्वमा भएका क्रान्ति सफल पछिको प्रतिक्रान्ति रोक्ने छ । नेपाली क्रान्तिलाई पूर्णता दिने छ र वैज्ञानिक समाजवादी व्यवस्थापनाको स्थापनाको लागि यो महाधिवेशनले ढोका खोलेको छ । वृहत क्रान्तिकारी कम्युनिष्ट एकताको लागि पनि मार्ग खोलेको छ ।

गरीबको मुक्ति हुने कुरा ल्याउनु पर्छ ः लक्ष्मी सुनार शिवराज १ का स्थानीय

हामीलाई एकदम राम्रो लागेको छ । यो कार्यक्रमले हामी खुसी छौ । पार्टीले हामी जस्ता वर्गको मुक्ति .हुने कुरा ल्याउनु पर्छ । यो महाधिवेशनले ल्याउने छ भन्ने विश्वास छ । म एउटा सामान्य किसान हँु । कार्यक्रमको छेउमा केही व्यापार गरौं कि भनेर सेल रोटी र चिया वनाउने काम गरेकी छु । राम्रै चलेको छ । आम्दानी पनि राम्रो भएको छ । पार्टीका कार्यकर्ताहरुले खाने गर्छन र राम्रो व्यवहार गर्छन । खुसी लागेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु