‘एकीकृत जनक्रान्तिको हतियारमा शाण लागेको छ’ – विप्लव

२०७९ आश्विन ३० गते, आईतवार

बसन्त विक

३० असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पुरा गर्ने हतियार भएको वताएका छन ।

आईतवार नवौं महाधिवेशनको बदसत्रमा समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै महासचिव विप्लवले महाधिवेशनले एकीकृत जनक्रान्तिको क्रान्तिकारी हतियारमा शाण लगाउने काम गरेको वताए ।

उनले अहिलेको भुमण्डलीकृत पूँजीवाद र दलाल संसदीय व्यवस्थाका विरुद्ध लडेर जनताको वैज्ञानिक समाजवाद ल्याउन एकीकृत जनक्रान्तिको हतियारले महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
महासचिव विप्लवले नेपालमा दलाल सत्ताबाट नेपाली जनताले विकल्प खोजेको भन्दै त्यो विकल्प नेपाल कम्युनिष्ट पार्टीले मात्र दिन सक्ने ठोकुवा गरे । उनले क्रान्तिको विकल्प दिन पार्टीले पुरानो विचारबाट माथि उठन आवश्यक भएको पनि औल्याए ।

नेकपा संघीयता विरोधी भएको विरोधीहरुले प्रचार गरिरहेका वेला महासचिव विप्लवले दलाल पूँजीवादी संघीयता नभई पार्टीले समाजवादी संघीयता चाहेको वताए ।
महासचिव विप्लवले दर्शन,अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विचार विकास गरेर मात्र नेपालमा क्रान्ति विजयी वनाउन र रक्षा गर्न सकिने धारणा राखे ।

उनले भने ‘क्रान्ति अन्वेषण हो, विचार अन्वेषण हो, हामीले विचारमा विकास गर्दै सामाजिक विज्ञानको प्रयोग गरिहेका छौ,यो सफल हुनेछ ।’
राजनैतिक प्रतिवेदन,विधान र जनजाति सम्वन्धि जातीय प्रस्तावमा उठेका कयौ सुझावहरुले अवको क्रान्तिको राजमार्ग निमार्णमा महत्पूर्ण सहयोग गरेको महासचिव विप्लवको टिप्पणी छ ।

उनले सहि सुझावहरुलाई राजनैतिक प्रस्तावमा समेटिने विचार व्यक्त गर्दैै पार्टी दलाल संसदीय व्यवस्थाको चुनावमा नजाने र खारेज गर्ने दोहोर्याए ।

पार्टीबाट आर्थिक अपचलन गरेर भागेका भगौडाहरु साम्राज्यवाद भन्दा माथि उठेर पार्टी र क्रान्ति विरुद्ध हमला गरिरहेको भन्दै महासचिव विप्लवले सवैले वैचारिक रुपमा हमला गर्न आग्रह गरे ।
उनले को सहि ? को गलत ? भोली इतिहासले पुष्टि गर्दै जाने भन्दै कञ्चन सुदर्शन पार्टी र क्रान्ति विरुद्ध लागेर साम्राज्यवादको षड्यन्त्रमा फसेको वताए ।

उनले पार्टीको सम्पति अपचलन गर्नेहरु कहिल्यै सुख नपाउने पनि वताए । महासचिव विप्लवले क्रान्ति पुरा गर्न आफ्नो जिम्मेवारीमा खरो भएर मैदानमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन निर्देशन दिए । महाधिवेशन नयाँ केन्द्रीय समिति निर्वाचित गर्दै भोली सकिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु