८औं नेपाल प्रत्यारोण खेलकुद प्रतियोगिता सम्पन्न

२०७४ बैशाख २ गते, शनिबार

काठमाडौं,२ वैशाख । नयाँ बर्ष बि.संं २०७४ सालकोे उपलक्ष्यमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोक, ललितपुरको संयुक्त आयोजनामा ८औं नेपाल प्रत्यारोपण खेलकुद लगनखेल स्थित आर्मी खेल मैदानमा सम्पन्न भयो । दौड़ प्रतियोगिता अन्तर्गत अंग प्रत्यारोपितहरुको पुरुष १०० मिटर दौडतर्फ बिष्णु लाल श्रेष्ठ प्रथम, हरि बहादुर तामाङ्ग दोश्रो र रुल बहादुर आले तेश्रो भएका थिए । पुरुष २०० मिटर दौड तर्फ बिष्णु लाल श्रेष्ठ प्रथम, प्रेम रत्न मानन्धर दोश्रो तथा स्वजन मानन्धर तेश्रो भएका थिए । साथै पुरुष ४०० मिटर दौडतर्फ प्रेम रत्न मानन्धर प्रथम, हरि बहादुर तामाङ्ग दोश्रो र रुल बहादुर आले तेश्रो भएका थिए ल महिला १०० मिटर दौडतर्फ गीता श्रेष्ठ प्रथम, तुलषा भट्टराई दोश्रो र सानुशोभा शाक्य तेश्रो भएका थिए । त्यसै गरी महिला २०० मिटर दौड तर्फ पनि गीता श्रेष्ठ प्रथम, तुलषा भट्टराई दोश्रो र सानुशोभा शाक्य तेश्रो भएका थिए l
२०७३ चैत्र ३ १गते बालाजु कराते- डो प्रतिष्ठान,नेपालको हलमा भएको ब्याडमिन्टनतर्फ पुरुष भेटरान (४५ बर्ष भन्दा माथि) को समुहमा प्रेम रत्न मानन्धर प्रथम, बिष्णु लाल श्रेष्ठ दोश्रो र राजेश्वर कायस्थ तेश्रो भएका थिए । त्यसै गरी पुरुष ४५ बर्षभन्दा मुनिको उमेर समुहमा हरी बहादुर तामाङ्ग प्रथम, राजकुमार लिम्बु दोश्रो तथा रुद्र बहादुर बि.क. तेश्रो भएको थिए । महिला ब्याडमिन्टनतर्फ लिला गुरुङ्ग प्रथम, लक्ष्मी महर्जन दोश्रो तथा गीता श्रेष्ठ तेश्रो भएका थिए । उक्त प्रतियोगिताको सबैभन्दा रमाईलो पक्ष अंग प्रत्यारोपितहरु र प्रत्यारोपण गराउने चिकित्सक, नर्स, समाजसेवी, राजनीतिज्ञ तथा पत्रकारहरुबिच मैत्रीपूर्ण फुटबल खेल थियो जुन निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक थियो । उक्त फुटबल खेलको अन्तिम मिनेटमा प्रत्यारोपीतहरुको तर्फबाट १ गोल भई अंग प्रत्यारोपीतहरुको टिम १–० गोलले बिजयी भएको थियो ।
अंग प्रत्यारोपीतहरु पनि स्वस्थ व्यक्ति सरह सक्षम र उत्पादनशील जीवन व्यतित गर्न योग्य छन् भन्ने सन्देश दिन र अंग दाताहरुको मनोबल उच्च राख्न यस किसिमको प्रतियोगिता विगत ८ बर्षदेखि बिभिन्न ठाउ पोखरा, बुटवल , धरानमा समेत आयोजना गरिएको थियो l आगामी २०७५ बैशाख १ गते दक्षिण एशियाली प्रत्यारोपण खेलकुद प्रतियोगिता आयोजना गरिने र यस पटकको बिजयी मध्येबाट २ जना प्रत्यारोपितहरुलाई यसै बर्षको जुन महिनामा स्पेनको मालागामा आयोजना हुने विश्व प्रत्यारोपण खेलकुदमा सहभागी गराईने जानकारी बरिष्ठ अंग प्रत्यारोपणविद डा. पुकार चन्द्र श्रेष्ठले जानकारी गराउनु भएको थियो।
उक्त समारोहमा प्रमुख अतिथी माननीय युवा तथा खेलकुद मन्त्री दलजीत बिके श्रीपालीले प्रत्यारोपीतहरुलाई शिप मुलक तालिम दिई उत्पादनशील नागरिक बनाउन मद्धत गर्ने घोषणा गर्नु भयो र प्रत्यारोपण खेलकुदको प्रभावकारीता बृद्धि गर्न सक्दो सहयोग गर्ने आशास्वन पनि दिनु भएको थियो । यस प्रतियोगिताका संयोजक कराते प्रशिक्षक तथा अन्तरास्ट्रिय रेफ्री- ध्रुब बिक्रम मल्लले सबै सहभागहिरुलाई धन्यवाद दिनु भएको थियो । उक्त प्रतियागितामा खेलकुद मन्त्री दलजीत बिके श्रीपाली सुप्रसिद्ध गायीका आनी छोईङ्ग ड्रोल्मा, सभासद प्रेम सुवाल लगायत वरिष्ठ चिकित्सक, पत्रकार, तथा समाजसेविहरुको फुटबल खेलमा सहभागिता रहेको थियो ।
सोही समारोहमा मृगौला प्रत्यारोपित खेमराज निरौलाद्धारा लिखित पुस्तक “जीवनको खोजीमा” पुस्तकको विमोचन समेत भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु