५ पत्रकार संगठनद्वारा मानवअधिकार अायोगको ध्यानाकर्षण

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विद्येयक लगाएत पत्रकार एवम् सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढदै गएको भन्दै जनपत्रकार संगठन सहितका ५ पत्रकार संगठनहरु द्वारा राष्ट्रिय मानवअधिकार अायोगलाई ध्यानाकर्षण एवम् जानकारी गराएका छन् । बुधबार दिउँसो अायोगको केन्द्रीय कार्यलय पुगि अायोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्ति लगाएतका अायोगका पदाधिकारीलाई भेटि पत्रकार संगठनका पदाधिकारीहरुले ध्यानाकर्षण जनाएका हुन । जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे,प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत,जनपत्रकार संगठनका महासचिव हिम विष्ट, प्रेस सोसाइटी र मधेसी पत्रकार समाजका पदाधिकारीहरु अायोग पुगेका थिए । देशभरका पत्रकारहरुले प्रेस विरोधी विधेयक तत्काल खारेज नगरे अन्तर्रा्ष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिईरहेका वेला संगठनका पदाधिकारीहरु अायोग पुगि गम्भीर हुन अनुरोध गरेका छन् । भेटघाटमा अायोगका कार्यवाहक अध्यक्ष वस्तिले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए नेपाली प्रेसको स्वतन्त्रता संकटमा पर्ने भन्दैमा अाफुहरु त्यस बारेमा गम्भीर रहेको बाँकी जिकिर गरे । उनले भने, ‘यो विद्येयक संसदबाट पास भएर कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन् । उनले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको लोकतान्त्रिक व्यवस्था माथि प्रश्न उठने भन्दै अन्तर्राष्ट्रिय समुदायले समेत चिन्ता व्यक्त गर्ने बताए ।
कार्यवाहक अध्यक्ष वस्तिले भेटमा गैरन्यायिक गिरफ्तारी प्रति अायोग गम्भीर बनेको बताए । छलफलमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता साथै पत्रकार गिरफ्तारी प्रति सबै एकजुट भएर लाग्नु पर्ने बताईन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार