५० प्रतिशतभन्दा बढी सीमा–स्तम्भ गायब

२०७४ फाल्गुन ९ गते, बुधबार

काठमाडौं, ९ फागुन । कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् । मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्तम्भ हराएको टोलीले जनाएको छ । यी दुई जिल्लाका सीमा स्तम्भको प्रारम्भिक सर्भे गरिएको हो । १ हजारभन्दा बढी सीमा स्तम्भको सर्भे गरिएको र त्यसमा ५० प्रतिशतभन्दा बढी हराएको टोलीमा सहभागी नापी विभागका सर्वेक्षक पूर्णबहादुरखड्काले बताए । ‘भेटिएका केही सीमा स्तम्भ पनि जीर्ण अवस्थामा छन्,’ उनले भने, ‘एकरदुईबाहेक अधिकांशलाई मर्मत र पुनर्निर्माण नै गर्नुपर्छ ।’ संयुक्त टोलीले खक्रौलाको मुख्य सीमा स्तम्भ ७ सयदेखि सर्भे सुरु गरेको थियो । शनिबार भीमदत्त नगरपालिका ९ खल्लामा रहेको ८११ नम्बर स्तम्भको सर्भेपछि पहिलो चरणको काम सकिएको छ । ‘१ सय ११ मुख्य सीमा स्तम्भका बीचमा रहेका सहायक स्तम्भ बढी हराएका छन्,’ खड्काले भने, ‘कतिपय ठाउँमा मुख्य स्तम्भसमेत गायब छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु