३ देशमा राजदूत नियुक्त

२०७५ कार्तिक २६ गते, सोमबार

काठमाडौं, २६ कात्तिक । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्बको बैठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य , मलेसियाको लागि उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (यूएई) का लागि राजदूतमा कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्त गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने बताए । मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकोमा आइतबार भने जानकारी नगराइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली हालै अस्वस्थ भएपछि कात्तिक ११ गते यता आइतबार पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु