२९ गतेबाट श्रीपेच प्रदर्शनीमा

२०७५ आश्विन २७ गते, शनिबार

काठमाडौं, २७ असोज । बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको पहिलो अवलोकन गर्ने भएका छन् । नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो । संग्राहलयको श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाएको मुकुट(टायरा), एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने भएको छ । संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा ती सामाग्री राख्न लागिएको हो । पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेचलगायतका सामाग्री वि.स.२०६५ जेठ २९ गते शैलुनमा राखिएको थियो । -नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु