२२ जना जिल्ला न्यायाधीशमा सिफारिस

२०७५ असार ८ गते, शुक्रबार

काठमाडौं, ८ असार । बिहीबार साँझ बसेको न्याय परिषदको बैठकले २२ जिल्लामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। २२ जिल्लामा हाल रिक्त रहेकाे दरबन्दीमा दुर्इजना महिलासहित २२ जनाकाे नाम सिफारिस गरेकाे हाे। सिफारिस पर्नेमा न्याय सेवा समूहका सबैभन्दा बढी १४ जना रहेका छन् भने यस्तै कानुन समूहबाट ३ र सरकारी वकिल समूहबाट ५ जना रहेका छन् । महिल काेटामा परेका दुर्इजनामध्ये गीता श्रेष्ठ श्रेष्ठ न्याय समूह र दुर्गा खड्का सरकारी वकिल समूहबाट सिफारिसमा परेका छन् ।
न्याय परिषदले जिल्ला न्यायाधीशका लागि सिफारिस गरेकाेमा सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वसन्तजंग थापा, चाणकमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, ध्रुवकुमार उप्रेती, चन्द्रकान्त पौडेल, राजेश कटुवाल, देवप्रसाद योगी, दिलप्रसाद सापकोटा , श्यामलाल घिमिरे , प्रेमप्रसाद न्यौपाने, प्रह्लादकुमार योगी, दिनबन्धु अर्याल, विनोद खतिवडा, दण्डपाणि लामिछाने, माधवप्रसाद सुवेदी, मणिराम न्यौपाने, गीता श्रेष्ठ , दुर्गा खड्का रहेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु