१ सय ७० कैदी फरार

२०७३ कार्तिक ७ गते, आईतवार

काठमाडौं, ७ कात्तिक । अफ्रिकी मुलुक हैटीको एक कारागारबाट १ सय ७० जना कैदी फरार भएका छन् । हैटीको राजधानी पोर्ट–ए–प्रिन्सबाट ४५ किलोमिटर टाढा रहेको आरकाही कारागारबाट उनीहरु फरार भएका हुन् । फरार हुनुअघि कारागार सुरक्षागार्डसँगको भिडन्तमा एक सुरक्षागार्ड र एक कैदीको मृत्यु भएको छ । घटनामा तीन जना कैदी घाइते भएका छन् ।
फरार कैदीहरुले कारागारको सुरक्षागार्डका साथमा रहेका पाँच वटा राइफलसमेत लगेका छन् । उनीहरुको खोजीका लागि सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपी कारागारको पोशाक नलगाएका कारण उनीहरुको खोजी गर्न कठिनाई भएको हैटीका अधिकारीहरुले बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु