१३ वर्षअघि हराएको हिराको औठी गाजरमा फेलापरेपछि…

२०७४ भाद्र २ गते, शुक्रबार

काठमाडौ, २ भदौ । उत्तर क्यानडाका मैरी ग्राम्सले १३ वर्षअघि आफ्नो बगैंचामा हिराको औठी हराएका थिए । उनले औठी फेला पर्ने आशा पनि मारिसकेका थिए । तर पछिल्लो दिन उनले उक्त औठी आफ्नो बगैंचाको एउटा गाजरका साथ फेला पारे । मैरीले औंठी हराएको कुरा यति लामो समयसम्म मानिसहरुसँग लुकाएर राखेका थिए । लाजबाट बच्नका लागि मैरीले यो घटनाका बारेमा आफ्ना श्रीमानलाई समेत बताएकी थिइनन् । यद्यपि उनका छोरालाई यो घटनाबारे जानकारी थियो ।
सोमबार मैरीकी बुहारीले जब आफ्नो बगैंचामा गाजर उखालिन तब यो रहस्यबाट पर्दा हट्यो । वर्षौसम्म माटोमा पुरिएर बसेको औठी उनकी बुहारीले गाजरमा फसेको अवस्थामा फेला पारिन् । मैरीले औंठी हराएको कुरा लुकाउनका लागि बजारबाट सस्तो मूल्यको औंठी किनेकी थिइन्, जुन हराएको औंठीसँग मिल्दोजुल्दो थियो ।
मैरीकी बुहारी कलिन डेलीले अहिले यो फर्ममा बस्छिन्, जहाँ कुनै बेला उनकी सासु बस्ने गर्दथिइन् । एक दिन उनले गाजर खान मन लाग्यो र उनले बगैंचाबाट गाजर निकालिन् । यद्यपि माटो लागेका कारण सुरुमा उनले औंठी देखिनन् तर पानीमा धोएपछि कलिनले औठी देखिन् ।
हराएको औंठी फेला परेको यो नै पहिलो घटना भने होइन, सन् २०११ मा स्वीडेनमा पनि यस्तै घटना भएको थियो । एक महिलाले १६ वर्षपछि हराएको आफ्नो विवाहको औठी फेला पारेकी थिइन् ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु