हरेक व्यक्तिमा साहित्य हुनु जरुरी छ : विप्लब

२०७१ फाल्गुन २० गते, बुधबार

काठमाडौँ, । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लबले अहिलेको समयमा जनताको अधिकार सुनिश्चित हुनु आवश्यक रहेको बताएका छन ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आयोजना गरेको कविताका स्वरहरु विशेष कवि गोष्ठीमा विप्लबले भने —“परिवर्तन र प्रगतिलाई पछ्याउने हो भने हरेक व्यक्तिमा साहित्य हुनु जरुरी छ ।”
देशको राजनीति शान्ति प्रक्रिया र सहमतिभन्दा बाहिर गएकाले सहकार्य, सहअस्तित्व र साझेदारीबाट अगाडि बढे मात्र देश अगाडि बढ्ने विप्लबको भनाइ थियो ।
यकता कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले नेपालको परिवर्तन गर्नका निमित्त नेपालका कम्युनिस्टहरु एक हुनु जरुरी रहेको बताए ।कार्ल माक्र्स, लेनिन, माओदेखि नेपाली राजनीतिज्ञ विपी कोइराला र मदन भण्डारीसम्म साहित्यको अनुरागी भएकाले साहित्यमा चाख नदिने व्यक्ति राजनीतिमा पोख्त नहुने उनले बताए ।
कार्यक्रममा पूर्णविराम, चेतनाथ धमला, हरिबहादुर आचार्य, अतृप्त पाण्डेय, नरनाथ तिवारी, मुक्तान थेवा, श्रेय सावी, डा. शिवशङ्कर बस्याल, बलराम तिमसिना, जीवन हमाल, राजकुमार केसी, आरोह नेपाली, युवराज नास्तिक, ढुण्डीराज अधिकारी, सङ्गीता पनेरु, भौतिक मल्ल, सीता शर्मा, विजय दर्नाललगायतले आ–आफ्नो कविता वाचन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु