सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

२०७२ माघ २३ गते, शनिबार

काठमाडौं, २३ माघ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा एकलौटी निर्णय गरिएको भन्दै तालाबन्दी गरेको छ । विश्वविद्यालयका सबै प्राध्यापक सङ्घ र विद्यार्थी सङ्गठनसँग छलफलनै नगरी एकलौटी रुपमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतले भागबन्डाका आधारमा डिन, रजिस्ट्रार र परीक्षा नियन्त्रक नियुक्त गरेकाले त्यसको विरोधमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीरेन्द्र शाहले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु