‘सिंहदरबारका स्यालहरु गाउँमा अाएर जनता लुटे’

२०७५ मंसिर २७ गते, बिहीबार

काठामाडौँ, २७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी डाेटिकाे अायाेजनामा जाेरायलमा सामना साँस्कृतिक कार्यक्रम सहित बिशाल जनसभा सम्पन्न भएको छ । पार्टीका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुन प्रमुख अतिथि रहेको कार्यक्रममा व्यापक जनता,ब्यापारी, बुद्धिजीवी, शिक्षक र बिद्यार्थीकाे सहभागिता रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि पुनले अहिले काठमाडौंकाे सिंहदरबार गाउँ गाउँमा हैन कि त्यहाँका स्यालहरु गाउँ गाउँमा अाएर जनताको सेवा र सुबिधा लुटिएको कुरामा जाेड दिएका थिए । कथित जनप्रतिनिधिहरुले डाेजर बाेकेर हिडेकाे प्रति ईङ्कित गर्दै पुनले देशको सम्पूर्ण निकाय लुटाहा ठेकेदारहरूले लुटिरहेकाे बताए । जनताका सच्चा प्रतिनिधिहरु अाफ्नाे पार्टीका नेता कार्यकर्ताहरूलाई दलाल राज्यले अनावश्यक गिरफ्तार गरेर दुख दिइरहेको तर निर्मलाका हत्यारालाई संरक्षण गरिरहेको मा अाक्राेस ब्यक्त गरेका थिए । कार्यक्रमलाई कैलालीका पार्टी इन्चार्ज बिवेक कुमाल, डाेटि जिल्ला इन्चार्ज सिखर, सेती ब्युरोका न्याय बिभाग प्रमुख गणेश ढकाल, डाेटि जिल्ला सचिव गणेश रैकाल, दलित मुक्तिमाेर्चाका सेती महाकाली प्रमुख बरु तिरुवा, अखिल क्रान्तिकारी सेती ब्युरो प्रमुख लाेकेन्द्र सार्की, अखिल नेपाल महिला संघ क्रान्तिकारी कि कैलाली जिल्ला अध्यक्ष मिना साउद, बजार ब्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर मडै, लक्ष्मी सरस्वती शहकारी संस्थाका अध्यक्ष दिनेश मल्ल, युवा संघ नेपालका जिल्ला अध्यक्ष कलम चन्द , संयुक्त उद्योग व्यापार संघका खेम चन्द लगाएतले संबाेधन गरेका थिए । कार्यक्रममा स्थानीय डेउडा, गजल र कविताहरु वाचन गर्नुका साथै मिरा साहनिले पार्टी प्रवेश गरेकि छन्

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु