सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी सरह : भट्टराई

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौ, २२ बैशाख । डा. बाबुराम भट्टराईले पुराना नेताहरुमा सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी सरह भएको टिप्पणी गरेका छन् ।
एकीकृत माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेलगत्तै फेसबुक वालमा डा. भट्टराईले सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल झैं नेपालका पुराना राजनीतिक शक्तिहरू ( वा पावर ब्रोकरहरू? को पुरानै जानेमानेको खेल हो) यसमा आश्चर्य मान्नुपर्ने केही छैन । खालि पात्र फेरिएका (थपिएका ) छन्, प्रवृत्ति उही हो ।
डा. भट्टराईले लेखेका छन्–दुद्यखद कुरा चाहिं ‘राष्ट्रियता’ जस्तो पवित्र कुरालाई यो फोहोरी खेलमा सधैं बली दिइन्छ ! पहिले ओली सरकार बनाउँदा पनि ‘राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा’ निम्ति रे ! अहिले सरकार गिराउँदा पनि उही ‘राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा’ निम्ति नै ? आफ्नो फेसबुक वालमा भट्टराईले भनेका छन्–त्यसैले शायद भोल्टेयरले भनेका हुन्ः –हे भगवान्, मलाई मेरा मित्रहरूबाट बचाऊ१ मेरा दुश्मनहरूको मुकाविला गर्न म आफै सक्षम छु !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु