सप्तकोशी डुबानमा परेको ३ हजार ६ सय विघा जमिन अझै बाँझो

२०७५ भाद्र ५ गते, मंगलवार

काठमाडौं , ५ भदौ । सप्तकोशीको उच्चबाध फुटेको एक दशक वितेको छ । २०६५ भाद्र २ गते आएको बाढीका कारण सुनसरीका ७ हजार ५ सय ६३ घरपरिवार प्रभावित भएका थिए । डुबानमा परेको तीन हजार ६ सय बिघा जमिन अझै बाँझो कै अवस्थामा रहेको छ । कोशीमा आएको बाढीका कारण उर्वरभूमि खण्डहरमा परिणत भएको स्थानमा भर्खरै मात्र झार उम्रन सुरु भएको छ । झट्ट हेर्दा समुन्द्रको किनार वा मरुभूमि जस्तो देखिने कोशी डुबान क्षेत्रमा अन्न बाली उब्जाउनका लागि कुनै काम हुन सकेको छैन ।
दश वर्ष अगाडि सुनसरीकै सबैभन्दा उर्वर भूमि मानिएको सो स्थानमा सरकारले जग्गा लेवलिङ गरेर कृषियोग्य जमिन बनाउने बताए पनि बालुवा निकाल्ने कामसमेत हुन सकेको छैन । बाढी आएसँगै फैलिएको महामारीमा १ सय भन्दा बढीले ज्यान गुमाएका थिए भने ३ सय भन्दा बढी परिवार भारततर्फ विस्थापित भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार