मिडिया मण्डलामा द्वान्दकालिन मुद्दाबारे बहस

२०७१ बैशाख ७ गते, आईतवार


काठमाडौं,७ बैशाख । मिडिया मण्डलाले आज काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका नेताहरुले द्वन्द्वकालिन सबै घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्रभित्र ल्याइनुपर्ने बताएका छन् । एमाओवादी नेता देवेन्द्र पौडेल र नेकपा–माओवादीका सचिव देव गुरुङले द्वन्द्वकालिन घटनाको मुद्धा अदालतमा चलाइए मुख्य पार्टीका नेता र सुरक्षा संयन्त्रका कोही पनि नबच्ने बताए ।
नेताद्वयले मुख्य पार्टीका नेता र सुरक्षा संयन्त्रका उपल्ला अधिकृतहरु कुनै न कुनै रुपमा द्वन्द्वकालिन घटनासग जोडिएकाले सबै घटनालाई आयोगको अधिकार क्षेत्रभित्र पारी नया ढंगले मेलमिलाप गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका सभासद् रामहरि खतिवडाले भने दलहरुबीचको एकता अहिलेको मुख्य आवश्यकता भएपनि गम्भिर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए ।
सरकारले द्वन्द्वकालिन घटनाको छानविन गर्नका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेश गरेपछि द्वन्द्वकालका कस्ता घटनामा संलग्नलाई कारवाही गर्ने र कस्ता घटनामा संलग्नलाई माफी दिने भन्ने विषयमा राजनीतिक दल र दलवाहिर चर्को छलफल भइरहेको छ ।
कार्यक्रम मिडिया मण्डलाका अध्यक्ष भोजराज श्रेष्ठको सभापतित्व तथा मिडिया मण्डलाका सचिब जगन्नाथ घिमिरेको संचालनमा भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु