सगरमाथा आरोही भूमिरालाई दुई लाख सहयोग

२०७३ चैत्र ३१ गते, बिहीबार

काठमाडौं, ३१ चैत । सगरमाथा आरोहण गर्न लागेकी भूमिरा गुरुङलाई गुरुङ पर्यटन व्यवसायी संघले २ लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।
गुरुङ समुदायमा जन्म लिएर सगरमाथा आरोहण गर्न लागेकी भूमिराको आँट र हिम्मतको सम्मान गर्दै सहयोग गरिएको गुरुङ पर्यटन व्यवसायी संघले जनाएको छ । राजधानीमा एक कार्यक्रम गरी भूमिरालाई रकमसंगै गुरुङ समुदायको झण्डा र व्यानरसमेत प्रदान गरिएको छ । भूमिराले सगरमाथाको चुचुरोमा झण्डा र ब्यानर फहराउने छिन् ।
रकम गुरुङ समुदायका व्यापारी पर्यटन व्यवसायी, कर्मचारी लगाएतबाट रकम संकलन गरिएको हो । देशविदेशवाट रकम संकलनका लागि आह्वान गरिएकाले थप रकमसमेत उनलाई प्रदान गरिने संघका अध्यक्ष कमला गुरुङले वताए ।

प्रतिक्रियाहरु