संवैधानिक परिषदको बैठक बस्दै

२०७५ मंसिर २५ गते, मंगलवार

काठमाडौं, २५ मंसिर । संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बैठक बस्न लागेको हो । प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउने र नयाँ प्रधानन्यायाधीश एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार यसअघि मंसिर १७ गते बैठक डाकिएको हो । न्यायपरिषद्ले यसअिघ नै प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर जबराको नाम सिफारिस गरेको थियो । जोशी यस अघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि अहिलेका प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरिएको थियो । प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु